Fri. May 17th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्रको स्थर छैन र नेपाली चलचित्र क्षत्र अब हराईसक्यो भनेर अड्कल काट्ने व्यक्तिहरुको मुखमा अहिले ताला लागेको अवस्था छ | किन भने यी यस्ता बकम्फुशे अनुमानलाई नेपाली चलचित्र “वीर विक्रम” ले गलत साबित गरिदिएको छ | बाध्यता बस तोकिएको मिति भन्दा १ दिन अगाडी प्रदर्शन सुभारम्भ गरेको चलचित्र “वीर विक्रम” ले अहिले अपार सफलता हासिल गरिरहेको अवस्था छ | अहिले काठमाडौँ उपत्यका मात्र नभएर देशभरको हलहरुमा “वीर विक्रम” मय भएको छ | चलचित्र प्रदर्शन भएको ५ दिन बितिसक्दा सम्म आज अर्थात् सोमबार समेत काठमाडौँको मात्र नभई देशभरका अधिकांश हलहरुमा “वीर विक्रम” हाउसफुल शो मा चलिरहेको छ | वीकेंडको बेला चलिरहदा र बिदाको दिन नपर्दा समेत चलचित्र “वीर विक्रम” हेर्न दर्शकहरुको भिड अहिले सम्म पनि घटेको छैन | अहिले पनि अधिकांश हलहरुमा चलचित्र “वीर विक्रम” को लागि दर्शकहरु टिकट काट्न घन्टौ लाईन बसेको देखियो | यसै गरि दर्शकहरुको चाप अत्याधिक बढेको हुनाले सम्पूर्ण हलहरुमा शो थप्ने क्रम निकै तिब्र भैरहेको छ | यस्तै दर्शकहरुको अत्याधिक भिडको कारण काठमाडौँ उपत्यका बाहिर समेत धेरै पहिला देखि बन्द रहेको नाइट शो “वीर विक्रम” को लागि संचालनमा आएको छ | त्यस्तै चलचित्र “वीर विक्रम” ले पहिलो हफ्ता निकै नै राम्रो व्यापार गरि चर्चामा रहेर दोस्रो हफ्ता समेत निकै राम्रो गर्ने कुरा काठमाडौँ उपत्यका भित्र विभिन्न मल्टिप्लेक्स र सिंगल थिएटरका हल ब्यवसाईहरुले बताएका छन् | अहिले उपत्यका बाहिरको हलहरुबाट समेत निकै नै राम्रो रिपोर्ट आइरहेको छ | नारायणघाट , बुटवल , पोखरा , दमक , धरान , नेपालगंज लगाएतका सहरमा चलचित्र “वीर विक्रम” ले अधिकांश शो हाउसफुल गरेको छ | बिदाको दिन नहुदा समेत यो गर्मि र पानीको मौसममा आज पनि अधिकांश हलहरुमा चलचित्र “वीर विक्रम” हेर्न दर्शकहरुको घुइचो देखियो |
bir-bikram
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
चलचित्र “वीर विक्रम” प्रति दर्शकहरुको प्रतिक्रिया निकै नै राम्रो रहेको छ | चलचित्र हेरेर हलबाट निस्केका दर्शकहरुबाट चलचित्र “वीर विक्रम” निकै राम्रो बनेको र पूर्ण रुपमा बिशुद्ध नेपाली मसालेदार चलचित्र रहेको प्रतिक्रिया आएको छ | दर्शकहरुले चलचित्रमा अभिनित सम्पूर्ण कलाकारहरुको प्रशंसा गरेका छन् भने चलचित्र “वीर विक्रम” का निर्माता तथा निर्देशक मिलन चाम्सलाई यस्तो चलचित्र आफुहरु माझ प्रस्तुत गरिदिएकोमा धन्यबाद र शुभकामना समेत दिएका छन् | यस्तै चलचित्र “वीर विक्रम” का निर्माता तथा निर्देशक मिलन चाम्सले दर्शकहरुको यस किसिमको माया र सम्मानले आफुलाई धेरै हौसला मिलेको र दर्शकहरुको यो माया र सम्मानको कदर गरि यो भन्दा पनि अझै राम्रो चलचित्र बनाउने र दर्शकहरु माझ प्रस्तुत गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
bir-bikram
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
देशको माया , साथीभाइको सम्बन्ध , माया र प्रेमको प्राप्ति र गुमाउनुको पिडा र बाचा कसमको महत्वो यी सबै कुराहरु समेटेर एउटा पुरा मसालेदार प्याकेज बनेको छ चलचित्र “वीर विक्रम” | देशको थुप्रै गम्भीर समस्यालाई समेत निकै सरल र सहज रुपमा प्रस्तुत गरिएको छ जसले दर्शकहरु माझ निकै नै राम्रो संदेश दिनुको साथै सम्बन्धित निकायको ध्यान समेत आकर्षण हुने निश्चित देखिन्छ | चलचित्रले पेट मिची मिची हसाउनुको साथै दुख र पीडाको महसुस समेत गराउछ | चलचित्रका गीत संगीत उत्तिकै कर्णप्रिय रहेका छन् | चलचित्रमा नाएक दयाहाङ्ग राईको फरक अभिनयले दर्शकहरुको मन जितेको छ | त्यसै गरि अर्का नाएक अनुप विक्रम शाहीको अभिनयले पनि दर्शकहरुलाई लालाहित बनाएको छ | चलचित्रमा खलपात्रमा देखिएका अर्पण थापाको अभिनयको दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् | यसै चलचित्रबाट डेब्यु गरेका नायिका दिया पुनको अभिनयले कतै बाट पनि दर्शकहरुलाई यो उनको पहिलो चलचित्रको महसुस गराएन | उनको सुन्दरता र अभिनयको दर्शकहरुले मन खोलेर खुल्ला हृदयबाट प्रशंसा गरेका छन् | चलचित्र हेर्दा समेत हलभित्र सिट्टी र तालीको कमि रहेन | अहिले सबै तिर चलचित्र “वीर विक्रम” को अत्याधिक प्रशंसा भैरहेको छ | यस हिसाबले चलचित्र “वीर विक्रम” ले नेपाली चलचित्र क्षत्रमा छुट्टै किसिमको नया इतिहास रच्नेमा कुनै शंका र दुबिधा छैन |
bir-bikram
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् | चलचित्रमा रेनेशा बान्तवा राइको नृत्य निर्देशन रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ | चलचित्रले काठमाडौँ भित्र मात्र नभई उपत्यका बाहिर समेत निकै चर्चा कमाई अधिक व्यापार गरिरहेको जानकारी उहाले दिनुभएको छ | यसका साथै चलचित्र “वीर विक्रम” ले प्रदर्शनको ३ दिन मै करोड क्लबमा सफल रुपमा प्रवेश गरिसकेको छ | चलचित्र “वीर विक्रम” भाद्र २ गतेबाट उपत्यकामा र भाद्र ३ गतेबाट देशभरका सम्पूर्ण हलहरुमा सफल रुपमा प्रदर्शन भैरहेको छ |
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: