Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र विकास बोर्डकाे अध्यक्ष समेत रहेका राजकुमार राई आफूलाई चित्त नवुझेका कुरा सार्वजनिक स्थलमै भन्न अगाडि छन् । उनी चलचित्र क्षेत्रका विभिन्न कार्यक्रममा हुने लापरवाहीलाई मुख खोलेरै भनिदिन्छन् । उसो त, चलचित्र विकास बोर्डका कमीकमजोरीलाई राइले आजसम्म यसरी खुलेरै भन्ने गरेका छैनन् ।
शनिबार पोखरामा सम्पन्न ‘डी सिने अवार्ड’मा पनि राजकुमारले मनमा लागेको असन्तुष्टी मञ्चमा पोखे । विशेषगरि, १ घन्टा ढिलो सुरु भएको अवार्ड समारोह प्रदर्शनका लागि तयार भएका धेरै चलचित्रको प्रचार थलो बनेको थियो । यस्तै, अवार्डमा विवाद नहोस् भनेर आयोजकले चतुर्‍याँइ देखाएको थियो । जसका लागि, विभिन्न नाम दिएर चर्चित चलचित्र र चलचित्रकर्मीलाई अवार्ड दिइएको थियो ।
अध्यक्ष राइले यो कुरालाई आफ्नो भाषणमा उठाए । उनले भने-‘अन्तरराष्ट्रिय स्तरमा यो कतै पनि हुँदैन । यो चलचित्र प्रचार गर्ने स्थल होइन । प्रचारका लागि टीभी, पत्रपत्रिका र अन्य माध्यम पनि छन् ।’
विभिन्न नाममा दिइएका अवार्ड र सम्मानलाई पनि राजकुमारले आलोचना गरे । उनले अगाडि भने-‘हामी आफू पनि सच्चिनुपर्छ । आयोजकले सबैलाई खुशी पार्न अवार्ड र सम्मान बाँडेर कार्यक्रम तन्काउन हुँदैन ।’
२६ विधामा वितरण गरिएको अवार्ड भन्दा अन्य विभिन्न नाम दिएर चलचित्रकर्मीलाई सम्मान र अवार्ड प्रदान गरिएको थियो । जसले अवार्डको समय लामो भएको थियो ।

Leave a Reply

%d bloggers like this: