Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको जीवनमाथि फिल्म बनेको छ । ‘एमएस धोनी–द अनटोल्ड स्टोरी’ यसमा धोनीको भूमिकामा देखिएका छन् सुशान्त सिंह राजपुत ।
३० सेप्टेम्बरमा रिलिज हुने यस फिल्मको मुम्बइमा ट्रेलर लञ्च गरिएको छ । सोही अवसरमा सुशान्त र धोनी एउटै मञ्चमा देखिए । धोनीले मुस्कुराउँदै भने ‘आफैंमाथि बनेको फिल्म हेर्न मुस्किल हुन्छ । जीवनमा घटेका केहि केहि घटनाले हेर्दा लाज लाग्छ’ ।
कार्यक्रममा सुशान्तले धोनीलाई केहि प्रश्न गरे, प्रश्नको जवाफ दिने क्रममा धोनीलाई गार्‍हो परेको थियो । तर, पनि उनले आफुमाथि फिल्म बनेकोमा खुसी ब्यक्त गरे ।
धोनी अझै लामो समयसम्म खेल्न चाहन्छन् । अवकासको वारेमा सोधिएको प्रश्नमा उनले अनुमान गर्नै नसकेको जवाफ दिए ‘अवकास टाढाको कुरा हो म अहिल्यै भन्न सक्दिन’ उनले भने ।
क्रिकेट मैदानमा मिस्टर कुलको नामवाट चिनिने महेन्द्र सिंह धोनी क्रिकेटले आफुलाई अनुशासित हुन सिकाएको धारणा राख्छन् । कार्यक्रममा उनले आफ्नो जीबनसंग जोडिएका केहि किस्सा सुनाए ।
‘जुन दिन मेरो १२ कक्षाको परिक्षा थियो, परिक्षाकै दिन मेरो म्याच थियो । मैले बुबालाई भनें आज मलाई प्राक्टिस गर्नु छ । बुबाले शान्त भावले भन्नु भयो वर्षभरि पढेको छौ, एकदिन नपढेर केहि फरक पर्दैन । तर, वर्षभरि पढेको छैन भने एकदिन मात्रै पढेर पनि केहि हुन्न । जाउ खेल’ ।

Leave a Reply

%d bloggers like this: