Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
bir-bikram
भाद्र ३ गतेबाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शनमा आउन लागेको चलचित्र “वीर विक्रम” को दोस्रो ट्रेलर सार्वजनिक भएको छ | अहिले सबैको लागि मोस्ट वेटेड चलचित्र “वीर विक्रम” को पहिलो ट्रेलर र सार्वजनिक २ वटा गीतले दर्शक माझ अहिले निकै चर्चा कमाइसकेको छ | यहि चर्चा परिचर्चाको क्रममा “वीर विक्रम” टिमले आफ्नो दोस्रो ट्रेलर सार्वजनिक गरेको हो | चलचित्रको जुन किसिमको क्रेज अहिले देशभरका नेपाली दर्शकहरु माझ देखिएको छ त्यस हिसाबले चलचित्र “वीर विक्रम” ले नेपाली चलचित्र क्षत्रमा एउटा छुट्टै किसिमको इतिहास रचने कुरा हामी सजिलै अनुमान लगाउन सक्दछौ | चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा अहिले पूर्व देखि पश्चिमको सम्पूर्ण दर्शकहरुलाई मात्र चलचित्र “वीर विक्रम” को पर्खाई रहेको छ | अहिले कुनै पनि स्थानमा हामी मात्र “वीर विक्रम” को हल्ला सुन्न पाउदछौ | सानो भन्दा सानो पसल देखि स्कुल कलेज सार्वजनिक स्थान र गाडी सम्पूर्ण स्थानमा मात्र “वीर विक्रम” को प्रशंसा सुन्न पाइन्छ | यसै गरि चलचित्रको गीत संगीत पनि उतिक्कै राम्रो र उत्कृष्ट रहेको छ | “वीर विक्रम” को अहिले भैरहेको चर्चा परिचर्चाले नेपाली चलचित्रको स्थर नरहेको भन्ने आरोपलाई गलत साबित गरेको छ |
bir-bikram
bir-bikram
चलचित्र “वीर विक्रम” का निर्माता तथा निर्देशक मिलन चाम्स हुन् | उनि नेपाली चलचित्र क्षत्रको मेरुदण्ड हुन् | उनको नेपाली चलचित्र क्षत्र प्रतिको प्रयास र योगदान निकै नै प्रशंसनीय रहेको छ | नेपाली चलचित्रको स्थर निकै माथि सम्म रहेको र यसको विकास र प्रब्धनमा आफु सधै लागिरहने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | चलचित्र “वीर विक्रम” पूर्ण रुपमा मनोरंजननाथ्मक नेपाली ओरगानिक मसालेदार रोमान्चक चलचित्र रहेको कुरा उहाले प्रस्ट पार्नुभएको छ |
bir-bikram
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता तथा निर्देशक मिलन चाम्सले ब्यक्त गर्नु भएको छ | उनले आफ्नो यस चलचित्रलाई पूर्ण रुपमा ओर्गानिक मनोरंजननाथ्मक मसालेदार बिसुद्ध नेपाली चलचित्रको संज्ञा दिएका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा अहिलेका चर्चित डिसट्रीब्यूटर गोबिन्द शाहीले लिएका छन् | चलचित्रले ब्यापारिक हिसाबमा पनि निकै नै सफलता बटुल्ने विश्वास उनले ब्यक्त गरेका छन् |
bir-bikram
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: