Thu. May 16th, 2024

मनोरंजनसंसार डटकम
वर्ल्डवाईड वक्सअफिसमा वलिउड सुपरस्टार सलमान खानको फिल्मका सवैजसो रेकर्ड साउथ सुपरस्टार रजनिकान्तको फिल्म ‘काबाली’ले तोडेको छ । २२ जुलाई रिलिज फिल्मले हालसम्म ६ सय ५० करोडको विजनेस गरेको छ ।
सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ले वक्सअफिसमा ६ सय २६ करोडको विजनेस गरेको थियो ।
‘काबाली’ भारतकै अहिलेसम्मकै सर्वाधिक कलेक्शन गर्ने दोश्रो फिल्म बनेको छ । पहिलो नम्बरमा आमिर खानको ‘पिके’ छ ।
‘पिके’ले विश्वब्यापी रुपमा ७ सय ९२ करोडको ग्रस विजनेस गरेको थियो । त्यसो त वक्सअफिसमा आक्रामक कलेक्शनलाई निरन्तरता दिईरहेको ‘काबाली’ले ‘पिके’को कलेक्शन पनि तोड्ने संभावना छ ।

Leave a Reply

%d bloggers like this: