Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
भाद्र १७ प्रदर्शन मिति तोकेको चलचित्र “वृन्दावन” ले यो मनको कुरा बोलको नया गीत सार्वजनिक गरेको छ | नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर चलचित्र प्रदर्शन गर्न लागिएको हो | चलचित्रका निर्माता रुद्र खनाल हुन् भने निर्देशक राजबहादुर साने हुन् | चलचित्रमा शिल्पा पोखरेल संगै किशोर खतिवडा र दीपेन्द्र जीसीको मुख्य अभिनय रहेको छ | अहिले नेपाली बजारमा यस चलचित्रको निकै चर्चा परिचर्चा रहेको पाइएको छ | चलचित्र नारी प्रदान भएकोले र तीज बिशेष पारेर प्रदर्शन गर्न लागिएकोले पनि दर्शकहरुको आकर्षण “वृन्दावन” ले खिच्न सक्ने अनुमान लगाउन सकिन्छ | चलचित्रले नेपाली दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरि सबैको मन जित्ने विश्वास निर्माता रुद्र खनालले ब्यक्त गर्नुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: