Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
sourav-timsina
नेपाली सांगीतिक क्षत्र निकै बिशाल रहेको छ | यहाँ धेरै प्रतिभाहरु अटाउन सक्दछन | अहिले नेपाली गीत संगीत बजारले नया मोड लिरहेको अवस्था छ | अहिले नेपाली गीत संगीतको नेपालमा मात्र नभएर देश बाहिर पनि निकै माग रहेको छ | यसै दौरान नया कलाकारहरु आउने क्रम पनि निकै तिब्र छ | यसै बीच नेपाली गीत संगीतमा नया आयाम थप्ने प्रयासले रचनाकार सौरव तिम्सिना अगाडी सर्नु भएको छ | गीत संगीतलाई राम्रो र चाख लाग्दो बनाउनुमा रचनाकारको ठुलो हात हुन्छ | नेपाली गीत संगीतलाई नया ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने उदहारण रचनाकार सौरव तिम्सिनाले दिनुभएको छ | धेरै बर्षको आफ्नो संगीत प्रतिको लगावले उहाले आफ्नो पहिलो एल्बम “पाउजु” बाट सुरुवाती पाईला चाल्नु भएको छ |
sourav-timsina
उहाको यस पहिलो एल्बम “पाउजु” मा समावेश “पाउजु ले” बोलको गीत निकै नै चर्चित भयो | यसै गीतको भिडियो मार्फत उनले नेपाली भिडियो म्यकिङ्गमा नया आयाम थप्ने काम पनि गरे | उनको यो गीतको भिडियो पहिलो नेपाली रिव्र्स मोड भिडियो रहेको छ | उनको यस गीतमा शब्द उनको स्वयमको रहेको छ भने संगीत र स्वर रत्न सुब्बाको रहेको छ | उनको यस गीतमा नम्रता श्रेष्ठ र बाबु बोगटीले अभिनय गरेका छन् भने निर्देशन सुरज श्रेष्ठको रहेको छ |

यिनै प्रतिभाका धनि रचनाकार सौरव तिम्सिनाको अहिले “मर्छु सजिलै” बोलको गीत निकै चर्चाको शिखरमा रहेको छ | यो उनको दोस्रो रचना रहेको कुरा उनले जानकारी दिएका छन् | उनको यस गीतमा शब्द उनको स्वयम रहेको छ भने संगीत किरण गजमेरको रहेको छ | यस गीतमा किरण गजमेर र प्रासना शाक्यले आफ्नो सुमधुर स्वर भरेका छन् | यस गीतको भिडियोमा बाबु बोगटी र केकी अधिकारीले अभिनय गरेका छन् भने निर्देशन सुरज श्रेष्ठको रहेको छ |
sourav-timsina
आफु देश बाट टाढा रहेर पनि सधै नेपाली गीत संगीत क्षत्रमा नै आफ्नो जीवन समर्पित गर्ने प्रतिबद्धता उनले ब्यक्त गरेका छन् | उनले नेपाली गीत संगीतलाई नेपाली बजार भन्दा माथि लैजाने प्रयास गरेको कुरा पनि उल्लेख गरेका छन् | दर्शकहरु आफ्नो भगवान रहेको र उहाहरु बिना आफुहरु अधुरो रहेको कुरा पनि उनले बताएका छन् | देश भित्र मात्र नभएर देश बाहिर रहनु भएका सम्पूर्ण दर्शकहरुलाई उनले नेपाली गीत संगीतलाई माया गरि आफ्नो कमि कमजोरीलाई औल्याई दिनुहुन र सधै साथ अनि हौसला प्रदान गरिदिनुहुन आग्रह समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: