Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
शुक्रबारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार रजनिकान्तको फिल्मले पहिलो दिन २ सय ५० करोडको विजनेस गरेको दाबी गरिएको छ ।
निर्मातालाई उदृत गर्दै वलिउड भाष्करले लेखेको छ कि, आजसम्मका सबै रेकर्ड तोड्दै ‘काबाली’ले झ्याप्प नतोडिने रेकर्ड राख्यो ।
फिल्मले पहिलो दिन तामिलनाडुमा मात्रै १ सय करोड कमाएको निर्माताले दाबी गरेका छन् भने भारतका अन्य शहरहरुको सबै गरेर १ सय ५० करोड विजनेस दाबी गरिएको छ ।
फिल्म विश्वभरका करिब १० हजार पर्दामा एकसाथ रिलिज भएको थियो । भारत बाहिर पनि उस्तै प्रकारको आक्रामक विजनेस फिल्मले गरेको छ ।
फिल्मले पहिलो तीन दिनमा २ सय करोड कमाउने आँकलन गर्दैगर्दा सार्वजनिक यि विजनेसले सिनेमा पण्डितहरुलाई चकित पारेको छ । तर हिन्दी डब भर्सनमा भने दर्शक धेरै देखिएनन्, डब भर्सनको पहिलो दिनको कमाई २ करोड मात्र छ ।

Leave a Reply

%d bloggers like this: