Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
नेपाली सांगीतिक क्षत्रमा नया प्रतिभाहरु आउने क्रम निकै तिब्र छ | यसै बीच आफ्नो छुट्टै पहिचान सहित गायिका सकुन लिम्बु आफ्नो दोस्रो गीत “मुटुको टुक्रा” लिएर दर्शक माझ प्रस्तुत भएकी छिन् | नेपाली सांगीतिक क्षत्रमा केहि गर्छु भन्ने साहस बोकेकी उनले यो भन्दा अगाडी दर्शकहरु माझ आफ्नो पहिलो गीत सार्वजनिक गरिसकेकी छिन् | देशबाट टाढा रहेर पनि नेपाली सांगीतिक क्षत्रमा आफ्नो योगदान सधै रहिरहने विश्वास समेत उनले व्यक्त गरेकी छिन् | निकै राम्रो स्वरकी धनि उनि दर्शकहरुलाई सधै नया र राम्रो कुरा पस्किने कुरा बताउछिन् |
उनको यस गीतमा शब्द बि आर मित्रको रहेको छ भने संगीत अहिलेका चर्चित संगीतकार ताराप्रकाश लिम्बुले भरेका छन् | उनको यस गीतको म्युजिक भिडियोमा कोशिश क्षेत्री र बेनिशा हमालले अभिनय गरेका छन् भने निर्देशन अर्जुन अधिकारीले गरेका हुन् | अर्जुन तिवारीले खिचेको म्युजिक भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: