Thu. May 16th, 2024

मनोरंजनसंसार डटकम
OLYMPUS DIGITAL CAMERA
भाद्र ३ गते प्रदर्शन मिति तोकेको चलचित्र “वीर विक्रम” को काठमाडौमा बिहिबार एक कार्यक्रम बीच अडियो बिमोचन गरिएको छ | चलचित्रको अडियो बिमोचन कार्यक्रममा थुप्रै पत्रकार संगै चर्चित ब्यक्तित्वोहरुको समेत बाख्लो उपस्थिथि रहेको थियो | कार्यक्रमको मुख्य अतिथिमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालनको जिम्मा नरेश भट्टराईले लिएका थिए |
OLYMPUS DIGITAL CAMERA
मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा ३ वटा गीत समावेश छ ।
OLYMPUS DIGITAL CAMERA
‘सारे सारे’ बोलको गीत युटुबमा सार्वजनिक भएसँगै हिट भएको छ भने ‘नजिक हुँदैछु’ बोलको गीतको भिडियो आज पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।
कार्यक्रममा बोल्दै फिल्मका मुख्य कलाकार दयाहाङ राइले यसको कथावस्तु एउटा गाउँको भएको फिल्म उत्कृष्ट बनेको बताए । उनले बजारमा फिल्मको ट्रेलर सार्वजनिक भएपछि ‘कबड्डी’ जस्तो भनिएपनि त्यस्तो कतै नमिल्ने बताए । उनले यो फिल्मको कथावस्तु र प्रस्तुती विल्कुल फरक रहेको जानकारी दिए ।
bir-bikram
कलाकार अनुपविक्रम शाहीले दर्शकले फिल्म हेरेपछि आफ्नो भूमिकामा मनोरञ्जन लिने बताए । अर्का कलाकार अर्पण थापाले फिल्मका आफू हाँस्य कलाकारको रुपमा प्रस्तुत भएको र यो दर्शकका लागि नयाँ स्वाद हुने बताए ।
Bir-Bikram
कलाकार नाजिर हुसेनले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गरेको बताए । निर्देशक मिलन चाम्सले आफू सधै नै फरक शैलीको सोच राखेर फिल्म बनाउने भन्दै ‘वीर विक्रम’ त्यसै अनुसार बनाइएको बताए ।
Bir-Bikram-Nepali-Film-2016-3
कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले नेपाली फिल्ममा नयाँ सोचको खाँचो रहेको औल्याए ।
OLYMPUS DIGITAL CAMERA
यसअगाडि ‘हँसिया’ फिल्म बनाएर चर्चामा रहेका मिलनले बनाएको दोश्रो फिल्म ‘वीर विक्रम’ले हङकङ र यूकेबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । रेनशा राइको कोरियोग्राफी रहेको फिल्ममा यम थापाको लेखन छ ।
milan-chams
चलचित्र भाद्र ३ गते प्रदर्शन गर्ने कुरा पक्का पक्कि हुदा फेरी भाद्र २ गते सरेको कुरा पनि आयो तर शुक्रबार बाहेक अरु दिन चलचित्र प्रदर्शन गर्दा नियम बिपरित हुने भन्दै चलचित्र विकाश बोर्डको आग्रह संगै फेरी पहिलेकै मिति भाद्र ३ गतेनै प्रदर्शन हुने पक्का भएको छ | चलचित्रले सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरंजन दिने कुरामा आफु बिस्वस्त रहेको कुरा निर्माता तथा निर्देशक मिलन चाम्सले बताउनु भएको छ | उनले भने “वीर विक्रम पूर्ण रुपमा अर्गानिक मसालेदार चलचित्र हो ” | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिएका छन् | चलचित्र ब्यापारिक हिसाबले समेत निकै माथि रहने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: