Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
नवौं अन्तराष्ट्रिय नेफ्टा फिल्म अवार्डको मिति घोषणा भएको छ । चलचित्र प्राविधिक संघले गर्ने अवार्ड आगामी कात्तिक २५ (नोभेम्बर १०) मा आयोजना हुने भएको छ ।
यसपटक पनि अवार्ड विदेशमै आयोजना हुने अध्यक्ष पुष्कर लामाले बताए । अवार्ड आयोजना स्थलको घोषणा भने उत्कृष्ट पाँच मनोनयन सार्वजनिकको अवसरमा प्रकाशमा ल्याइने भएको छ ।
२०७२ बैशाख १ गतेदेखि चैत मसान्तभित्र प्रदर्शनमा आएका फिल्मलाई अवार्डमा सहभागि गराइने भएको छ ।
यसका लागि निर्माताले साउन २१ गतेभित्र आफ्नो फिल्म नेफ्टाको बागबजारस्थित कार्यालयमा बुझाइसक्नुपर्ने छ । यसअघि मलेसिया, हङकङ र कतारमा अवार्ड गरिसकेको नेफ्टाले यसपटक पनि विदेशमा अवार्ड गर्ने सिलसिलालाई निरन्तरता दिनेभएको छ ।
नवौं संस्करणमा नेफ्टाले अवार्डको नाममा अन्तराष्ट्रिय शब्द थपेको छ । ‘यस अवार्डलाई हामीले नेपाली सिनेमाको अन्तराष्ट्रियकरणमा आयाम थप्ने अवसरको रुपमा लिँदैछौं’ अध्यक्ष लामाले भने ।
यसपटक सयभन्दा बढी नेपाली कलाकार, प्राविधिक, फिल्म निर्माता, पत्रकार लगायत अवार्डमा सहभागि हुने नेफ्टाले जानकारी दियो ।

Leave a Reply

%d bloggers like this: