Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
भदौ १७ मा रिलिज हुने फिल्म ‘ब्रासलेट’को नयाँ गीत रिलिज भएको छ । गीतमा अभिनेता रमेश उप्रेति र अभिनेत्री रजनि केसी फिचरिङमा छन् । भिडियोमा यी दुईको क्यामेष्ट्रि जमेको देखिन्छ ।
लामो समयको अमेरिका बसाईपछि कमब्याक स्वरुप पर्दामा आउँदै गरेका रमेशको यो फिल्मलाई प्रतिक्षाको परिक्षाको रुपमा लिईएको छ । फिल्मको सार्वजनिक गीतमा राजेश पायल राई र प्रविशा अधिकारीको स्वर छ भने ताराप्रकाश लिम्बुको संगीत छ ।
निर्मल शर्मा निर्देशित फिल्मलाई केशव भट्टराईले निर्माण गरेका हुन् । फिल्ममा सुगम गुरागाई पनि लिड रोलमा छन् । सुदिप वरालले खिचेको फिल्ममा द्वन्द्व हिमाल केसीको छ ।
हेर्नुस गीत :

%d bloggers like this: