Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
सम्पुर्ण छायाँकन अमेरिकामा गरिएको फिल्म ‘सफर’को टिजर सार्वजनिक भएको छ । बिना योजना यात्रामा निस्केका तीन युवकहरुको कथा बोल्ने फिल्ममा सोहि यात्राको क्रममा उत्पन्न परिस्थितीलाई चित्रण गरिएको छ ।
सार्वजनिक टिजरमा पनि तीन मित्रको यात्राकै केहि क्षणलाई स्थान दिईएको छ । १ मिनेट २५ सेकेण्ड लामो टिजरमा समावेश केहि दृश्यहरु तथा क्यामेरा फ्रेमिङ आकर्षक लाग्दा छन् ।
युभा फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ भने सम्पादन र निर्देशन आशिष श्रेष्ठको छ । केशब खड्काको कथा रहेको ‘सफर’ नेपालमा असोज १४ बाट प्रदर्शनमा आउनेछ ।
हेर्नुस टिजर :

%d bloggers like this: