Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
दिनेश श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘शकुन्तला’ भदौ ९ गतेबाट प्रर्दशनमा आउने भएको छ । चलचित्र ‘शकुन्तला’लाई तिजको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । तीजको छेकोमा रिलिज हुने भएपछि निर्माण टिमले हमाललाई नै राखेर एउटा गीतको सुटिङ गरेको छ ।
सोमबार सुटिङ भएको गीतमा नायक राजेश हमाललाई रातो सारी, रातै चुरा, लामो कपालमा रातो धागो र त्यसमाथि छड्के तिलहरी लगाएको स्वरुपमा देख्न सकिन्छ । जसको कोरियोग्राफी शंकर वीसीले गरेका हुन् ।निर्देशक दिनेश श्रेष्ठले पहिलो पटक हमाललाई नारी अवतारमा उतारेको चलचित्रमा किशोर खतिवडा, अनु शाह पनि मुख्य भूमिकामा छन् ।

%d bloggers like this: