Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
laaljodi
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लालजोडी’को पहिलो गीत रिलिज भएको छ । केहि दिन पहिले अडियो आउट गरेको निर्माण टिमले मंगलबार भिडियो सार्वजनिक गरेको हो ।
laaljodi
सार्वजनिक भिडियोमा लिड कलाकार नक्कली बाबुराम उर्फ ज्योती काफ्ले, रजनी केसी र आयुष्मा कार्की फिचरिङमा छन् । गीतको शब्द दिनेश सुवेदीको हो भने टंक बुढाथोकीको संगीतमा राजेशपायल राई र मनिषा पोखरेलको स्वर छ । गीतको कोरियोग्राफी भने रामजी लामिछानेले गरेका छन् ।
दिलाशा कृयशनको व्यानरमा तयार फिल्म भदौ १७ मा रिलिज हुँदैछ । सामाजिक सञ्जाल क्याम्पियनले हाईपमा रहेको फिल्म निर्देशक सुवेदीको दोश्रो एक्शन कटमा तयार भएको हो । सुवेदीले यसअघि ‘एउटा साथी’ निर्देशन गरेका थिए ।
कमेडी जनराको फिल्ममा बुद्धी तामाङ ‘हैट’, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोईराला लगायतको पनि अभिनय छ ।
हेर्नुस गीत :

%d bloggers like this: