Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
साउन २८ विराज भट्ट स्टारर फिल्म ‘जय पर्शुराम’को रिलिज मिति हो । रोज राणाको निर्माण तथा डेब्यू निर्देशन रहेको फिल्मको दुई हप्ता पहिले मात्र छायाँकन सकिएको छ, अहिले पोष्ट प्रोडक्शनमा छ ।
तर पोष्टको काम नसकिने संभावना देखेपछि निर्माण टिम रिलिज सार्ने मनस्थितीमा पुगेको बताईएको छ । औपचारिक रुपमा निर्माण टिमले कुनै कुरा बाहिर नल्याएपनि निर्देशक रोज राणा हतारमा काम सकाउन भन्दा ढिला गर्ने तर राम्रो गर्ने मनस्थितीमा पुगेको श्रोत बताउँछ ।
अहिले असारको दोश्रो हप्ता चल्दैगर्दा फिल्मको सम्पुर्ण काम सकाउन १ महिना मात्र बाँकी छ । तर यो समय निर्माण टिमले अहिलेसम्म पर्याप्त देखेको छैन् ।
पहिलो गीत रिलिजको लागी धमाधम काममा व्यस्त निर्देशक रोज फिल्मको बाँकी काम सकिने तालिका बनाएर अनि साउन २८ रिलिज हुने नहुनेमा ‘कन्फर्म’ गरेर मात्र गीत सार्वजनिकको मनस्थितीमा पुगेको उनी निकट श्रोत बताउँछ ।
यदि फिल्म साउन २८ मा रिलिज नहुँदैगर्दा रोजले निखिल उप्रेती स्टारर ‘किङ’ रिलिजको लागी तोकिएको मिति असोज २१ मा फिल्म लगाउने सोच बनाएका छन् । यदि यो हुँदै गर्दा पुराना स्टार विराजको कमब्याक भर्सेज निखिलको टिकिरहेको स्टारडम भिडन्त हेर्न लायक हुनसक्छ ।
दशैंको छेको असोज २१ मा भेट्रान निर्माता छबिराज ओझाको फिल्म ‘किस्मत २’ पनि आउँदैछ । त्यसैले त्यो मितिको भिडन्त के हुनेछ, को को भिड्नेछन् अनि विराजको फिल्म आउँछ या आउँदैन त्यो भने छिट्टै नै थाहा होला ।

%d bloggers like this: