Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
Full-Nepali-Movie-Dreams
अभिनेता भुवन केसीको चलचित्र ‘ड्रिम्स’पाइरेसी गर्ने फेला परेको छ । चलचित्रको युटुब राइट्स लिएको हाइलाइट्स नेपालले नै चलचित्र पाइरेसी गरेको पता लागेको छ । नायक तथा निर्माता भूवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’को डिजिटल राइट हाइलाइट्स नेपालले नै लिएको हो ।
एक बर्षपछि मात्र युटुवमा राख्ने संझौता भएको चलचित्र पाइरेसीबाट बच्नका लागि भन्दै भूवनले मास्टर कपी नै हाइलाइट्सलाईदिएका थिए । तर, सोही कम्पनीबाटै चलचित्र पाइरेसी भएको छ ।
Dreams-Nepali-Movie-anmol-kc
वुधबार बेलुकी महानागरिय प्रहरी अपराध महाशाखाले चलचित्र ‘ड्रिम्स’ पाइरेसीमा संग्लन्ध विधान गुरुङ र चन्द्र नागजु नाम गरेका २ व्यक्तिलाई पक्राउ गरेको छ । जसमध्ये विधान हाइलाइट्स नेपालमै काम गर्ने कर्मचारी हुन् ।
भूवनका अनुसार हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङका नातेदार पर्ने विधानले चलचित्रको मास्टर कपी सप्लाई गरेर चन्द्रनागजु भन्ने व्यक्तिमार्फत बजारमा पुर्यााएका थिए । अहिले यो चलचित्रको उच्च क्वालिटी बजारमा छ्याप्पछ्याप्ती छ ।
हाइलाइट्सका कर्मचारी र कप्यूटर सहित अर्का एक व्यक्तिलाई पक्राउ गरि महाशाखामा अनुसन्धानका लागि राखिएको छ ।हाइलाइट्सका प्रमुख ओम गुरुङले पनि यो चलचित्र पाइरेसी भएको स्विकार गर्दै कानुनी कारवाहीका लागि सहयोग गर्ने बताए ।भुवनले ड्रिम्सको पाइरेसी बापतको क्षतीपुर्ती ९० लाख मागेका छन् ।
विदेशका थुप्रै मुलुकमा प्रदर्शन हुंन बाँकी रहेको फिल्म ‘ड्रिम्स’ पाइरेसी भएपछि तनावमा रहेका भुवनले पाईरेसीकर्ता पक्राउ गर्न सघाउने एसएसपी सवेन्द्र खनाल, विकास वोर्ड अध्यक्ष राजकुमार राई र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई धन्यवाद दिए ।
Photo:google.com
छोरा अनमोल केसी र साम्राज्ञीराज्य लक्ष्मी शाहको अभिनय रहेको ‘ड्रिम्स’ ले नेपालबाट मात्रै ६ करोडको व्यापार गर्न सफल भएको छ ।

%d bloggers like this: