Mon. May 20th, 2024

मनोरंजनसंसार डटकम
आउँदो असार १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रिलेशन’ ले समाज परिवर्तनका लागि ठुलो सहयोग गर्ने फिल्मका निर्देशक दिपेन्द्र दाहालले दाबी गरेका छन् । ‘रिलेशन’ नेपाली समाजमा तेक्वान्दो खेलको महत्वको कति छ र समाजका नकारात्मक पक्षलाई हटाउनका लागी बनेको फिल्म रहेको निर्देशक दाहालले बताउँछन् ।
राजधानीमा बिहिबार एक कार्यक्रमका माझ फिल्म रिलेशनमा समावेश ट्रेलर तथा गीत दखाउँदै फिल्म युनिटले फिल्ममा तेक्वान्दो खेलको बिषय उठाइएको र तेक्वान्दोले समाजमा पार्ने सकारात्मक प्रभावलाई प्रष्टाईयो । बिदेशी कलाकारको समेत अभिनय रहेको ‘रिलेशन’ हलिउड थिएटरमा पनि प्रदर्शन गरिने निर्देशन दाहालले बताए । उनले भने, ‘हामीले अंग्रेजी सवटाईटलका साथ फिल्म निर्माण गरेका छौं, हलिउड थ्रियटरमा पनि फिल्म लाग्नेछ, अहिले अनलाईन टिकेट बुकिंङको काम भईरहेको छ ।
फिल्ममा नेपाली तेक्वान्दो र अमेरिकन तेक्वान्दोको ‘रिलेशन’ लाई पनि देखाईएको कार्यक्रममा बताइयो । वनड्ररस मुभिजको व्यानरमा निर्माण भएको ‘रिलेशन’ मा दिवाकर महर्जनको लगानी रहेको छ । फिल्ममा तेक्वान्दोका ‘फस्ट सेभेन डन’ दिवाकर डन महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना, महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेल लगायत तेक्वान्दोका अन्र्तराष्ट्रिय खेलाडीहरुको पनि अभिनय रहेको छ ।
चलचित्रले नेपाली समाजमा घट्दै गएको तेक्वान्दो खेल प्रतिको मोहो मान्छेहरु बीच बढाउने विश्वास पनि निर्माता महर्जनले बेक्त गर्नु भएको छ | चलचित्रमा आफुले खेल जीवनमा गरेको मेहेनत र भोगेको अनुभबलाई प्रस्तुत गर्न खोजेको जानकारी पनि उनले दिएका छन् | चलचित्रले धेरै मान्छेलाई तेक्वान्दो खेल प्रति रुचि बढाएर देशको लागि खेलेर केहि गर्नु पर्छ भन्ने भावाना जगाउने कुरामा पनि उनि निकै नै धेरै आशावादी रहेका छन् |
हेर्नुस ट्रेलर:

%d bloggers like this: