Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
आमासँग छोराछोरीको सम्बन्ध विशेष हुनेगर्छ। आफ्ना सन्तानको सफलता नै उनीहरूको लागि सबैभन्दा ठूलो खुशी हुन्छ। आमाको चाहाना ने सन्तानको उच्चतम सुख र सम्बृद्धि हो। जीवनको चक्रमा सबै आमाहरूले त्यो खुशी नदेख्न पनि सक्छन्। बलिउड नगरीमा पनि थुप्रै यस्ता आमाहरू छन् जसले आफ्ना सन्तानको चमकदमक देख्न पाएनन्।
बलिउडका स्टारहरू शाहरूख खान, संजय दत्त आज बलिउडका ठूला नामहरू हुन्। तर उनीहरूका आमाहरूले छोराको यो प्रशिद्धि त के पहिलो फिल्म पनि हेर्न पाएनन्। कारण उनीहरू त्यसअघि नै यस संसारबाट बिदा भइसकेका थिए। उनीहरूको सूचि यस्तो छ:
nargis-dutt
संजय दत्त: आजको दिनसम्म संजयकी आमा हुँदी हुन् त उनी ८७ वर्षकी हुने थिइन्। उनको निधन सन् १९८१ मा भएको थियो। संजय ‘रक्की’ फिल्मबाट बलिउडमा डेब्यू गर्ने तरखरमा थिए। दुर्भाग्य क्यान्सरबाट पीडित संजयकी आमा नरगीसको ‘रक्की’ फिल्मको प्रिमियरको ठीक ३ दिन अगाडी निधन भयो। यस्तो भएपछि ‘रक्की’ फिल्मको प्रिमियरमा नरगीसका लागि भनेर एक सिट खाली राखिएको थियो।
badshah-shahrukh-khan
शाहरूख खान: शाहरूख खानकी आमाको निधन पनि उनी अभिनेता बन्नु अगावै भइसकेको थियो। शाहरुखले बेलाबेलाम आफ्ना अन्तरवार्ताहरूमा उनकी आमालाई आफ्नो सुपरस्टार छवि देखाउन नपाएको दु:ख लाग्ने गरेको बताउने गरेका छन्।
Sushant-Singh-Rajput
सुशान्त सिंह राजपुत: टिबी हुँदै बलिउड अभिनेता बनेका सुशान्त सिहं राजपुत पनि अर्का त्यस्ता अभिनेता हुन् जसको पहिलो फिल्म हेर्नेबेलासम्म आमा संसारमा रहिनन्। उनले आफू १६ वर्षको हुँदा आमालाई गुमाइसकेका थिए।
Arjun-Kapoor
अर्जुन कपुर: ‘इश्कजादें’ फिल्मबाट बलिउडमा डेब्यू गरेका अर्जुन कपुरकी आमाले पनि अर्जुनको पहिलो फिल्म हेर्न पाइनन्। उनी अर्जुनको फिल्म रिलिज हुनु करिब डेढ महिना अघि बितेकी थिइन्।
prateik-babbar
प्रतिक बबर: बलिउडमा सम्भवत सबैभन्दा अभागी प्रतिक बबर रहे। उनी चर्चित अभिनेत्री स्मिता पाटिलका छोरा हुन्। प्रतिक जन्मेको केहि दिनपछि नै उनको प्रसुति जटिलताका कारण निधन भएको थियो।

%d bloggers like this: