Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
athiya-shetty-malaika-arora-khan
नायक अर्जुन कपुर तथा नायिका अथिया सेठ्ठीबीचको प्रेमप्रसंग अहिले बि–टाउनमा चर्चाको विषय भएको छ । आपसमा नजिकको सम्बन्ध रहेको स्वीकार गर्ने उनीहरूले प्रेमसम्बन्धको कुरालाई भने नकार्दै आएका छन् ।
चर्चित फिल्मफेयर म्यागजिनका अनुसार यी दुईले एक क्लबमा एकसाथ समय बिताएका थिए । उनीहरूलाई चुम्बन गरिरहेको अवस्थामा भेटिएको फिल्मफेयरको जिकिर छ । नशाले मात्तिएका अर्जुन र अथियालाई यसअघि कहिल्यै त्यस्तो अवस्थामा नदेखिएको फिल्मफेयरले उल्लेख गरेको छ । अथिया आफ्नी बहिनीको साथी भएको अर्जुनको भनाइ छ । चलचित्र हिरोबाट डेब्यु गरेकी अथिया अभिनेता सुनिल सेठ्ठीकी छोरी हुन् । यता अर्कातर्फ अरबाज खानसँगको वैवाहिक सम्बन्ध समाप्त भएपछि मलाइका अर्जुन कपुरसँग नजिकिएको खबर पनि आइरहेको छ ।
पछिल्ला दिनमा उनीहरूलाई अबेर रातसम्म एकसाथ देखिएको भन्दै केही तस्बिरसमेत सार्वजनिक भएका छन् । मलाइकासँग अर्जुनको सम्बन्धलाई लिएर पिता बोनी कपुर निराश भएको कुरा पनि आएको छ । मलाइकाका साथमा अर्जुनको सम्बन्ध नजिकिँदा उनको करिअरमा प्रभाव पर्ने बोनीको भनाइ छ । भारतीय मिडियाहरूका अनुसार अर्जुनकै कारण अरबाज–मलाइका सम्बन्धमा असर परेको हो ।

%d bloggers like this: