Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
Shristi-Shrestha
मिस नेपाल–२०१२ सृष्टि श्रेष्ठ यतिबेला नायिकाका रूपमा चिनिन थालेकी छिन् । आफ्नो पहिलो चलचित्रमै शीर्षक भूमिका निर्वाह गरेपछि सृष्टि नायिकाका रूपमा स्थापित हुने करिब–करिब निश्चित छ ।
shristi=shrestha
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गाजलु’ मा पूर्वकुमारीको चुनौतीपूर्ण भूमिका निर्वाह गरेकी सृष्टिले पछिल्लो समय एउटा नाटकमा समेत अभिनय गरेकी छिन् । अभिनयकी विद्यार्थी सृष्टिका नाटकले दर्शकको मन जितेपछि चलचित्रमा समेत उनले उत्कृष्ट अभिनय गरेको बताइँदैछ । चलचित्रमा अभिनय गरेपछि नाटकमा अभिनय गरेकी सृष्टिले आफूले दर्शकलाई निराश नपार्ने बताइसकेकी छिन् ।
shristi=shrestha
shristi-shrestha
‘चलचित्रमा मैले निर्वाह गरेको भूमिकालाई दर्शकले अवश्य मन पराउनु हुनेछ, आत्मविश्वासी सृष्टि भन्छिन्— ‘यो चलचित्रको प्रदर्शनपछि मैले खाली बस्नुपर्छ जस्तो लाग्दैन ।’ पहिलो चलचित्रमै अनमोल केसीको साथ पाएकी सृष्टि यतिबेला ‘गाजलु’ कै प्रदर्शनका लागि बेलायतमा छिन् ।

%d bloggers like this: