Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
rohit-adhikari
केही वर्षयता केही चलचित्र सफल हुनुका पछाडि एउटा अदृश्य कारण छ । ती सफल चलचित्रमध्ये अधिकांश चलचित्रका निर्देशकले चलचित्र निर्माण तथा निर्देशनसम्बन्धी अध्ययन गरेका छन् । यही क्रममा अहिले एक जना युवा चलचित्र निर्देशनमा स्नातक गरेर चलचित्र क्षेत्रमा होमिएका छन् । रमाइलो के छ भने ती युवाले निर्देशन विधामा अध्ययन गरे पनि निर्माणको विधामा करियर प्रारम्भ गरेका छन् ।
प्रसंग हो रोहित अधिकारीको, जसको पहिलो चलचित्र ‘गाजलु’ प्रदर्शनको पूर्वसन्ध्यामा छ । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठलाई नायिकाका रूपमा पदार्पण गराउने श्रेय पाएका अधिकारीले यो चलचित्रमा अनमोल केसीलाई सृष्टिको जोडीका रूपमा प्रस्तुत गरेका छन् । चलचित्रको प्रोमो तथा गीतको प्रतिक्रियाबाट उत्साहित निर्माता अधिकारी भन्छन्— ‘चलचित्र कसरी बनाइन्छ भन्ने जानकारी लिन निर्देशन विधा अध्ययन गरेको हुँ, कम्तीमा १० वटा चलचित्र निर्माण गरेपछि मात्र निर्देशनमा सक्रिय हुनेछु ।’

%d bloggers like this: