Thu. May 2nd, 2024

भदौ १७ लाई प्रदर्शनको मिति तोकेर निर्देशक लक्ष्मण सुवेदीले सामाजिक सञ्जालमा ‘लालजोडी’को प्रचार सुरु गरिसकेका छन् । तर फिल्मको भने मंगलबार मात्रै ईण्डक्ल्याप भयो ।
कालिकास्थानमा फिल्मको अन्तिम दृश्य खिचिएसँगै पुर्णतः छायाँकन सकिएको निर्देशक लक्ष्मण सुवेदीले बताए । तर यसअघि नै फिल्म भने पोष्ट प्रोडक्शनमा पुगिसकेको छ ।
‘केहि दृश्य खिच्न बाँकी थियो, त्यसलाई थाती राख्दै पोष्ट प्रोडक्शनको काम पनि जारी राखेका थियौं, सञ्चारकर्मी समेत रहेका निर्देशक सुवेदीले भने ‘अब पुरापुर छायाँकन सकिएको छ, जति छिटो प्रोडक्शनको काम सकाएर प्रचारलाई तिब्रता दिने लक्ष्य छ।’
कमेडी फ्लेभरमा लभ स्टोरी बोल्ने यो फिल्ममा कमेडियन कलाकारहरुको बर्चस्व छ । टेलिफिल्म ‘मेरी बास्सै’ र ‘तितो सत्य’मा नेता डा. बाबुराम भट्टराइको क्यारिकेचर गर्दै चर्चामा आएका कलाकार ज्योती काफ्ले फिल्मकाल लिड कलाकार हुन् ।
फिल्म्मा ज्योतीसँगै रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ, पुरना थापा, वुद्धी तामाङ, गोविन्द कोइराला, सीपी पौडेल, किशोर भण्डारी, सुजन घिमिरे, यादव पुडासैनी, मधुसुदन पाठक पनि देखिनेछन् ।
फिल्ममा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको द्धन्द्ध र रामजी लामिछानेको कोरियोग्राफी छ ।

%d bloggers like this: