Fri. Apr 19th, 2024

बालकलाकारको रुप नेपाली रजतपटमा सबै भन्दा बढी चर्चित कलाकार सलोन बस्नेत फिल्म होस्टेल मार्फत नायकको रुपमा देखा परेका हुन् । आफुले नायकको रुपमा अभिनय गरेको पहिलो फिल्मको सफलता सँगै उनलाई जंगे उपनामले नचिन्ने सायद कमै होलान । जब सलोनको फिल्म होस्टेल सफल भयो उनको अभिनय देखेर सलोनलाई आफ्नो फिल्ममा खेलाउना निर्माता रनिर्देशन उनको पछि लग्न थालेका थिए ।तर बिचमा उनले हचुवाको भरमा जस्तो पायो उस्तो फिल्ममा अभिनय गर्दा उनको अभिनय राम्रो हुदा हुदै पनि फिल्म भने खासै चल्न सकेन् ।
salon-basnet
ब्यबसाहिक रुपमा २र३ वटा चलचित्र अफसल भए पछि सलोनले पछिल्लो समय तेती धेरै फिल्ममा अभिनय गरेका छैन । फिल्ममा उनको माग हुदा हुदै पनि पेस्की लिएको पैसा समेत फिर्ता गरेर उनले फिल्म समेत छोडेका छन् ।एउटा हिरोमा हुनु पर्ने सबै कुरा हुदा हुदै पनि राम्रो ब्यानर र राम्रो फिल्म छानेर खेल्न न सक्दा उनको पछिल्लो फिल्महरु असफल हुन पुगे ।तर उनले अभिनय गरेको पछिल्लो गाजलु रिलिज सम्म कुनै चलचित्रमा अभिनय नगर्ने सलोनले यस फिल्ममार्फत होस्टेल बाट पाएको सफलता र दर्शकको माया पुन पाउनेमा पूर्ण बिस्वस्त रहेका छन् ।
salon-basnet
salon-basnet
फिल्म होस्टेलमा पनि रिलिज अघि दर्शकको नजरमा नपरेका सलोनलाई रिलिज पछि राता राता चर्चाको शिखरमा पुराएको थियो ।फिल्म गाजलुमा पनि दर्शकको नजरमा न परे पनि फिल्म रिलिज पछि उनको भूमिका र अभिनयले पुन फेरी एक पटक सलोनको चर्चा चुलिने उनको विश्वास रहेको छ । फिल्म गाजलुमा पनि उनको राम्रो भूमिका भएकोले दर्शकको साथ र माया पुन पाउने उनि बताउछन् । फिल्म गाजलु रिलिज लगतै सुनिल रावलको नया फिल्म र गाजलु निर्माता रोहित अधिकारीको फिल्ममा व्यस्त रहने सलोनले अबको दिनमा भने राम्रो चलचित्र मात्रै अभिनय गर्ने बताए ।

%d bloggers like this: