Fri. Apr 26th, 2024

bato muniko fool 2
सुवर्ण थापा निर्देशित सिनेमा ‘बाटो मुनिको फूल २’ आगामी बैशाख १० गते देखी प्रदर्शनमा आउदैछ ।  रिलिजको केहि हप्ता बाकी रहदा सिनेमा युनिटले एउटा रोचक प्रचार योजना ल्याएको छ । 
शुक्रबार एक प्रेसमिटको आयोजना गर्दै सिनेमा युनिटले सिनेमा हेर्ने दर्शक मध्य जातिय विवाह गर्ने एक जोडीलाई स्कुटर उपहार दिने घोषणा गरेको छ ।  सिनेमाले पनि जातिय छुवाछुतको कथा उठाएको छ । अन्तरजातिय विवाह गरेका दम्पतीली यो सिनेमा हेर्दाको टिकटको अर्धकट्टी र बिबाह दर्ताको प्रमाणपत्र निर्माण युनिटलाई पेस गर्न सक्नेछन र यो योजनामा सहभागी मध्य एक जोडी दम्पतीलाई बिजेता घोषणा गरी स्कुटर उपहार प्रदान गरिने छ ।
सिनेमाका प्रस्तुतकर्ता, अभिनेता ,संगीतकार तथा गायक यश कुमारले यो उपहार योजना पब्लिसिटी र चर्चामा आउन मात्र नभई एउटा सामाजिक सन्देश दिन समेत आयोजना गरिएको बताए । सिनेमामा यशकुमारसँगै दिपिल रायमाझी, बाबु बोगटी, अर्पण थापा, ऋचा शर्मा, अशिष्मा नकर्मी, रीमा विश्वकर्मा, टिका पहारी, सुभद्रा अधिकारी लगायतका कलाकारहरुको अभिनय छन् ।
केहि बर्ष पहिले प्रदशन भएको सिनेमा ‘बाटो मुनिको फूल’ निकै सफल भएको थियो भने सिनेमाका गीत संगीत समेत हिट थिए, सिक्वेलको रुपमा बनेको ‘बाटो मुनिको फूल २’ पनि सफल हुनेमा निर्माण पक्ष आशाबादी रहेको छ ।
फोटो: महेश्वरमान सिंह
एकपटक हेर्नुहोस ट्रेलर पनि:

 

%d bloggers like this: