Sun. Apr 28th, 2024
we for all
गत बैशाख १२ र २९ गते गएको बिनाशकारी भुकम्प पछी भुकम्प पीडितहरुको सेवामा सकृय युवा कलाकर्मिहरुको समुह ‘ वि फर अल ‘ – हामी सबैका लागी – ले काभ्रे जिल्लाको बिकट गाउ पोखरि चौरीमा भुकम्पका कारण भत्किएका ३ स्कुलहरुको पुनर्निर्माण गरेको छ ।
गत मंगलवार सोही स्थानमा कार्य्रक्रमको आयोजना गरी करीब १० लाखको लागतमा निर्माण गरिएका १४ कोठाका ३ स्कुलहरु ; बालहीत प्रा बि , महादेव प्रा बि र सारेपोखरि प्रा बि को अस्थाइ भवन हस्तान्तरण गरियो । बलेवा सेवा समाज जापान , अभिनेत्री जल शाह / साहित्यकार प्रेमा शाह ( अमेरिका ) , धर्म अधिकारि ( अस्ट्रेलिया ) , सुबाश महत ( अस्ट्रेलिया ) , अभिनेत्री सुमिना श्रेष्ठ र उध्यमी सुशिल पोखरेलको आर्थिक सहयोगमा ‘ वि फर अल ‘ समुहले सो स्कुल भवनहरु निर्माण गरेको समुहका कोशाध्यक्ष राजन काफ्लेले जानकारी दिनुभयो ।
स्कुल हस्तान्तरण कार्य्रक्रममा बोल्दै समुहका सम्योजक सुरेस दर्पण पोखरेलले ‘आजका बालबालिका भोलीका देशका कर्णदार भएकाले भवन अभाबका कारण यहाँका बालबालिकाहरु शिक्षा लिनबाट बन्चित नहोउन भनी आफुहरुले यस बिकट गाउमा सहयोग गरेको ‘ बताउनुभयो । कार्य्रक्रममा ३ वटै स्कुलका शिक्षक, बिदयार्थी , अभिभावक एवम गाउलेहरुको उपस्थिती रहेको थियो भने काठमाडौंबाट अभिनेत्री नन्दिता के सि , सुमिना श्रेष्ठ , नायक यस राज गराच , बलेवा सेवा समाजका अध्यक्ष दीपेन्द्र के सि , ब्यवसायी सुशिल पोखरेल,छायाकार राजन काफ्ले,समुहका सम्योजक सुरेस दर्पण पोखरेल लगायतको सहभागिता रहेको थियो ।
we for all kavre suresh darpan pokhrel
भुकम्प गएको करीब एक बर्ष बित्न लागि सक्दा पनि हालसम्म सरकार र सरोकारवाला कसैले पनि ध्यान नदिएको अवस्थामा पर्दामा देखिइने कलाकर्मिहरुले साँच्चिकै भगवान भएर आफुहरुलाई सहयोग गरेकोमा आफुहरु नतमस्तक भएको भन्दै स्थानिय कर्ण बहादुर रसाइलीले भने – ‘ कलाकर्मीको मन साँच्चिकै ठुलो अनी कमलो हुदो रहेछ । ‘ संचारकर्मी उत्सव रसाइलीको सम्योजनमा आयोजित सो कार्य्रक्रममा ३ वटै स्कुलका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रीहरु पनि बितरण गरिएको थियो ।

 

%d bloggers like this: