Wed. Apr 24th, 2024

chandramukhi
करिब आठ बर्षको उमेर देखी भजन गायन तथा अन्य गीतहरुमा आफ्नो आवाज दिदै आएका गायक राज गोपाली एउटा सम्भावना बोकेका गायक हुन् ।
ललित कला क्याम्पस बाट संगीतमा स्नातक गरेका उनले नेपाल भाषाका गीतहरुमा समेत आवाज दिएका छन । उनी गायक राज गोपालीले यतिबेला चन्द्रमुखी बोलको गीत लिएर आएका छन ।
gopali
चन्द्रमुखी गीतको भिडियो समेत सार्बजनिक भएको छ । गीतमा कोशिश क्षेत्रीको संगीत रहेको छ भने किरण माइकलको शब्द छ । सार्बजनिक गीतको भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् ।
रीमा बिश्वकर्मा, आयुब केसी र प्रसन्न गोपालीको अभिनय रहेको भिडियो आकर्षक बनेको छ ।

%d bloggers like this: