Fri. Apr 26th, 2024

jange suraj singh thakuri
ऐतिहासिक कथाबस्तुलाई आधार मानी नयाँ प्रस्तुतिमा तयार पारिएको नेपाली जंगे बैशाख १७ गते रिलिज हुदैछ । रिलिजको करिब एक महिनाको समय बाकी रहदा सिनेमा युनिटले आईतबार एक प्रेसमिट गर्दै सिनेमाको पहिलो अफिसियल ट्रेलर रिलिज समेत गर्यो ।
उत्कल थापा निर्देशित सिनेमा जंगेमा संचारकर्मी तथा अभिनेता सुरज सिंह ठकुरी प्रमुख भूमिकामा (जंगेको रुपमा) देखिएका छन । शुसन प्रजापतिको कथा अनि निर्माणमा बनेको सिनेमामा नरेश भट्टराई, अनुप बराल, सुशील राज पाण्डे, नाजिर हुसेन, अभिनेत्रीहरु ऋचा शर्मा, दिपशिखा शाहि लगायत कलाकारहरुको अभिनय रहेको छ ।
सार्बजनिक ट्रेलरमा सुरज सिंह ठकुरीको दमदार एक्सन देखाईएको छ भने, ईतिहासका महान हस्ती जंगबाहादुर राणाको जीवनमा घटेको घटनाहरु जस्तै तराई परिवेसमा उस्तै बिषय देखाई एउटा मसलेदार सिनेमा बनाएको निर्माण युनिटले बताएको छ ।
reecha sharma- suraj singh thakuri - junge
अभिनेता सुरज सिंह ठकुरीले यो सिनेमा निर्माण हुदा आफु दुई पटक दुर्घटनामा परि कहिँले खुट्टा भाचिने कहिले टाँका लगाउन परेकाले दुख भएको तर आउट पुट राम्रो आएकाले खुशी लागेको बताए । साथै सिनेमामा आफुले कुनै स्टन्ट गर्ने मान्छे नराखी आफैले एक्सन दृश्यहरु दिएको पनि खुलाए ।
निर्माता सुशन प्रजापतिले सिनेमा यो जनरा र त्यो जनराको भन्दा पनि एउटा नेपाली एक्सन सिनेमा बनाएकोले नेपाली मनले हेर्न आग्रह गरे । प्रेस मिट्मा निर्देशक थापा भने उपस्थित थिएनन, उनले अस्ट्रेलिया बाट संबाददाताहरुको लागि भिडियो संदेश पठाएका थिए । सिनेमालाई गोबिन्द शाहीले बितरण गर्दैछन ।

 

%d bloggers like this: