Fri. Apr 19th, 2024

bhanu-pratap
गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘लक्ष्य’बाट सिनेमाका अभिनेता सबिन श्रेष्ठ भन्दा अर्का कलाकार भानु प्रताप ढकालको अभिनयको दर्शकले तारिफ गरेको पाईयो ।
मिलन आले निर्देशित तथा सविन श्रेष्ठ, भानुप्रताप, अनु शाह लगायतको मुख्य अभिनय रहेको यो सिनेमाले एउटा बक्सर बन्ने लक्ष्य राखेको युवाको कथामा देखाउछ । सिनेमा प्रेम, रोमान्स तथा एक्सन र लक्ष्यमा केन्द्रित ।
यसअघी वान वे र दलाल जस्ता सिनेमामा पनि खल पात्रका रुपमा काम गरिसकेका छन्, उनको अभिनयको तारिफ त्यति बेला पनि भएको थियो। तर आफुलाई हिरोको अफर आउँदा समेत केहि सिनेमा नखेलेका ‘लक्ष्य’का नेगेटिक क्यारेक्टर भानु प्रतापले यो सिनेमाबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।
नेगेटिभ रोलमा आफुलाई अब्बल छु भन्ने लागेर सिनेमामा भिलेन देखिएको उनलको भनाई छ । उनको दमदार अभिनय र परिस्थिती अनुकुलको भूमिकालाई ‘लक्ष्य’मा न्याय गर्न सफल छन् । हलबाट बाहिरिँदा आरभजंग राणाको भुमिका दर्शकको मनमा रहिरहन सफल छन भानु  ।
भानु प्रताप आफै पनि सिनेमा निर्माणमा आएका छन, उनले राम्रो बजेट लगानी गरि लालटिन नामक सिनेमा बनाएका छन जुन हाल पोष्टमा छ ।

%d bloggers like this: