Fri. Apr 26th, 2024

बलिउड -यापर तथा पाश्र्वगायक बादशाह भोलि फागु पूर्णिमाको अवसरमा काठमाडौंका दर्शक माझ कन्सर्ट गर्न आउदैछन । ‘बादशाह लाईभ इन नेपाल’ नाम दिइएको कार्यक्रममा उनले काठमाडौंका आफ्ना फ्यानसँग रङ खेल्दै होली मनाउनेछन् ।
नाजी इन्टरटेन्मेन्टको मुख्य आयोजना र युहान इन्टरनेशनल इभेन्टस्को सहआयोजनामा हुने ‘बादशाह लाईभ इन नेपाल’ म्युजिक कन्सर्टमा उनी भोलि बिहान नेपाल आउनेछन, नेपाली कलाकार संगौ उनको प्रस्तुति हुनेछ। ११ बजे  सानो गौचरनको कन्सर्ट सुरु हुनेछ भने करिब एक बजे सम्म नेपाली गायक गायिका तथा कलाकारले प्रस्तुति दिएपछि उनि संगै बादशाह संगै ब्याण्ड १ बजे स्टेज चढ्ने छ ।
badshah in nepal
उनको डिजेबाले बाबु…., अभि तो पार्टी सुरु हुई हे…, अक्कड बक्कड बम्बे बो…, आज रातका सिन बनाले… जस्ता  गीत हिट छन ।  उनले बेलुका ४ सम्म ’ कन्सर्ट गर्नेछन  । नेपालमा बादशाहको पछिल्लो समय युवा पुस्तामा अत्यन्त क्रेज भएकाले आयोजकले उनको कन्सर्ट गर्न आटेको हो । साथै भारत नेपालको सम्बन्ध सुधार गर्नु पनि कार्यक्रमको उदेश्य हो ‘बादशाह लाईभ इन नेपाल’ कन्सर्ट को ।
फागु पूर्णिको अवसर भएकाले सानो गौचरणमै रंग तथा  पानी ट्यांकरको व्यवस्था गरिने छ । कार्यक्रममा आवस्यक फुड स्टल र बारको पनि ब्यबस्था गरिनेछ । कार्यक्रममा सहभागी हुनका लागि ३ हजार रुपैयाँ मूल्यको भिआईपी टिकेट र एक हजार रुपैयाँको प्लाटिनियम टिकट व्यवस्था गरिएको छ भने करिब सात हजार देखी १० हजार दर्शक आउने अनुमान छ।
Babu Surace DC

%d bloggers like this: