Sat. Apr 27th, 2024

nai navannu la 4
सिनेमा ‘नाई नभन्नु  ल ४’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमा युनिटले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा माया, प्रेम, रोमान्स, पीडा अनि जीवनका हरेक पक्षलाई चित्रण गरिएको छ । 
सिनेमामा डेब्यु भएका नयाँ  कलाकारहरुलाई बिशेष प्राथमिकता दीईएको छ भने सांगीतिक रुपमा समेत सवल बनाउन खोजिएको छ । म्युजिक भिडियो अभिनय हुदै ठुलो पर्दामा आएका पल शाह, वर्षा राउत र आँचल शर्मा ट्रेलरमा हाबी भएका छन साथै बिगतका दुई सिक्वेल झैँ बाल कलाकार अनुभव रेग्मीको प्रस्तुति ट्रेलरमा बिशेष देखाईएको छ । फरक के छ भने अभिनेत्री प्रियंका कार्की यसपाली नायिका भन्दा क्यारेक्टर अभिनेत्रीको रुपमा देखिएकी छिन उनि अनुभवकी आम बनेकी छन ।
भिडियोमा जमेका पल, बर्षा र मोड्लिंग बाट आएकी आँचल आफ्नो डेब्यु सिनेमा भएकाले पनि निकै आशाबादी र उत्साहित देखिए । अभिनेत्री प्रियंका कार्कीले आफु सिनेमाको हिरोईन् नभई पहिलो पटक क्यारेक्टर अभिनेत्री बनेको बताउदै बिगतका आफ्ना सिनेमा भन्दा केहि भएपनि फरक लाग्ने बताईन ।
विकास आचार्यको निर्देशनमा बनेको सिनेमा चैत्र २६ मा रिलिज हुनेछ, सिनेमामा सरोज खनाल, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ लगायतको समेत अभिनय रहेको छ ।
निर्देशक आचार्यले सिनेमाको हिरो भनेको आफुनै रहेको र आफ्नो बिगतका सिक्वेल को ट्रेन्ड परिवर्तन नगरी ‘नाई नभन्नु  ल ४’ बनाएको बताए, अब पाचौ सिक्वेल गर्नु पहिले ‘समर लभ’ र निरन्जना नामक दुई सिनेमा बनाउने घोषणा समेत उनले गरे ।
सिनेमामा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छयांकन, कविराज गहतराजको कोरियोग्राफी र बसन्त सापकोटाको संगीत रहेको छ भने मुस्कान ढकाल सिनेमाका एसोसियट निर्देशक हुन् । गोबिन्द शाही सिनेमाका बितरक हुन् ।
यस्तो छ, ट्रेलर:

 

%d bloggers like this: