Thu. May 2nd, 2024

rajesh payal hk
चर्चित गायक राजेश पायल राई मिनी वर्ल्ड टुरका लागि यतिबेला हंगकंग पुगेका छन । टुरको क्रममा उनि मलेसिया,युके साइप्रस हुदै हंगकंग पुगेका हुन्, अहिले सम्म उनि हंगकंगमा बाइस पटक पुगी कार्यक्रम गरेका छ भने यो उनको २३ औ कार्यक्रम हुनेछ ।
हंगकंग उनलाई किरात राई समाजका अध्यक्ष रजिन राई लगायतले स्वागत गरेका थिए । राई इज किंगको नामले समेत चिनिने राजेशले आफु २३ औ पटक हंगकंगमा कार्यक्रम गर्न पाउदा खुशी लागेको र सबैको माया र साथले आफु आभारी भएको बताए ।
नेपाली कलाकारहरु मध्य एकै स्थानमा यति धेरै प्रस्तुति दिने कलाकार राई पहिलो र एक मात्र हुन्  । हेनरी जि लुवांग हलमा आयोजना हुने राईको कार्यक्रमको टिकट बुकिंग समेत खुल्ला गरिएको छ । त्यहा हुने उनको कन्सर्टबाट उठेको रकमले किरात राई संग्रहालय भवन निर्माणको लागि सहयोग गरिने छ ।

%d bloggers like this: