Thu. Apr 18th, 2024

aayush song
नेपाली सांगीतिक फाटमा नव प्रतिभाको रुपमा गायक आयूषराज धितालको आगमन भएको छ । आयूष मात्र १४  बर्षका भए, उनि गोवाको सन साईन वल्ड स्कुलमा कक्षा ७ मा अध्यनरत छन्। सानो उमेरमा नै यति राम्रो क्षमता भएकोमा उनको यतिबेला चर्चा भईरहेको छ । 
आयुषले बिदामा नेपाल आएको मौका छोपी ‘रंग वे(wrong way)’ नामक अंग्रेजी र नेपाली दुवै भर्सनमा गीत तयार पारि म्यूजिक भिडियो समेत सार्बजनिक गरेका छन ।
नेपाली भर्सनमा भने ‘म हिडिरहेछु’ बोल राखेर गएका छन, दुवै गीतको भने संगीत बिनोद भुजेलले गरेका छन । गीतको अंग्रेजी शब्द यमन खांको रहेको छ भने  नेपाली शब्द रचना भवानी भुजेलको हो, गीतको एरेन्ज बिकाश भुजेलले गरेका हुन् । गायक आयुषले संगीत आफ्नो प्यासन भएको र सधैभ आफु संगीत कर्ममा लगिरहने बताए ।
उक्त म्यूजिक भिडियोको निर्देशन यूबराज वाईबाले गरेका छन । भिडियोमा अभिनय गायक आयुष स्वयम संगै प्रशंषा शाह, आर्यन महर्जन दिलिश केसी संयोग लुईटेलको रहेको छ । उत्सब दाहालले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

%d bloggers like this: