Fri. Apr 26th, 2024
gauri maya's album launch
बिदेशमा रहेर पनि नेपाली गीत संगीतमा निकै रुची राख्ने गायिका गौरी माया साउदेन वनेमले आफ्नो एकल एल्बम ‘स्मृति’ लिएर आएकी  छिन। केहि दिन अघि आयोजित एक बिशेष समारोह बीच बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान र बरिष्ठ गायिका कुन्ती मोक्तानले उक्त एल्बम सार्बजनिक गरेका थिए । 
अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको एकल संगीत रहेको एल्बमका गीतहरुमा जानु कामबाङ्ग्,रोजी लाबुङ राइ ,एक्नारायण भण्डारी ,स्विकृती बराल आदिको गीत शब्द रचना रहेको छ । गायिका गौरीमायाले आफु युकेमा बस्दै आएको भएता पनि नेपाली गीत संगीत प्रति पहिले देखी रुची रहेको र परिवारको साथ् पाएर आफुले एल्बम निकाल्न सकेको भन्दै मेहेनत गरेको र राम्रो फल आउनेमा आशा व्यक्त गरिन ।
रुबुशा क्र्एटिभ वर्क्स कम्पन्रीको प्रस्तुतिमा यो एल्बम आएको हो । उक्त कार्यक्रममा प्रमुख अथिति द्वोय मोक्तान दम्पतीले गौरीलाई सफलताको शुभकामना दिदै आफ्ना पुराना संघर्षका दिनहरुक कुरा समेत संचारकर्मी माझ गरेका थिए ।
कार्यक्रममा उक्त एल्बममा समावेश दुईवटा गीतको म्युजिक भिडीयो पनि सार्वजनिक गरिएको थियो । दुई वटै म्युजिक भिडीयोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने अशिष्मा नकर्मी, कोसिस क्षेत्री, पुष्प खड्का र वेनिशा हमालको अभिनय रहेको छ । निशान घिमिरेको सम्पादन रहेको भिडीयोलाई शिवराम श्रेष्ठले खिचेका छन ।
%d bloggers like this: