Sun. May 5th, 2024

aaryan-and-namrata (1)
गत बर्ष देखी सुरु गरिएको ‘सिजी कामना अवार्ड’ यो बर्ष नहुने भएको छ, देशमा गएको भुकम्प र गत चार महिना देखि जारी भारतको अघोषित नाकाबन्दीको कारण देखाउदै यस बर्षको अवार्ड स्थगित गरिएको हो ।
aaryan-and-namrata
मंगलबार एक पाँच तारे होटलमा एक कार्यक्रम गर्दै आयोजक संस्था कामनाले यस बर्षका लागि अवार्ड रोकिएको र बर्ष २०७३ को सुरुवात देखि ‘सिजी कामना अवार्ड’को दोस्रो संस्करणका लागि तयारी थाल्ने जानकारी गराएको छ । सिजीका मनोरन्जन बिभागका प्रमुख बसन्त चौधरीले देशले ठुलो दुर्घटना सहन परेकोले ब्यापारिक क्षेत्र धारासायी बनेको बताउदै एवार्ड रोकिएकोमा दु:ख ब्यक्त गर्नुका साथै क्षमा समेत मागे ।
maha-jodi
उता नेपालकै पहिलो चलचित्र पत्रिका कामनाका सम्पादक पुष्करलाल श्रेष्ठले अवार्ड रोकिदा आफुलाई पनि दुख लागेको तर नयाँ संस्करण अझ ब्यबस्थित हुने बताउदै सिनेमाहरु दर्ता गरि सहयोग गरिदिन आह्वान समेत गरेका छन् । उक्त भब्य कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राई प्रमुख अथिति रहेका थिए भने देशका प्राय नया पुराना सबै कलाकार तथा चलचित्रकर्मी अनि संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
च्ग

%d bloggers like this: