Wed. Apr 24th, 2024
पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय समाजिक सञ्जाललाई चलचित्र प्रमोशनका लागि समेत उपयोग गर्न थालिएको छ । यसैविच सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र क्लासिकले क्लासिक प्रोफाइल अभियान थालेको छ । माघ २९ अर्थात् New Image
‘भ्यालेण्टाइन डे’को अवसर पारी प्रदर्शन हुन लागेको यो चलचित्रले प्रोमोशन एप्लीकेशन निर्माण गरेको छ । जसमार्फत फेसबुक प्रयोगकर्ता आफैले आफ्नो तस्बिरलाई “क्लासिक प्रोफाइल”का रुपमा परिवर्तन गर्न सक्ने छन् । नेपालको पहिलो “फिल्मी
डाटाबेश अनलाईन साइट” ‘रिलनेपाल डटकम’को सहकार्यमा निर्माण गरिएको उक्त एप्लीकेशन मार्फत फेसबुक प्रोफाइल परिवर्तन गर्न http://app.reelnepal.com मा गई फेसबुक अकाउण्ट लगइन गरिसकेपछि तपाईको प्रोफाइल पिक्चर्स देखिने छ ।
तपाईको प्रोफाइल पिक्चर्सको तल देखिने ‘प्रोसेस’ अप्सनमा क्लि गरेपछि तपाईको पिक्चर क्लासिक प्रोफाइलमा परिवर्तन हुनेछ । जुन पिक्चर्ससँगै देखिएको “पोष्ट टु फेसबुक” अप्सनमा क्लिक गरेपछि तपाईको प्रोफाइल पिक्चर्स परिवर्तन हुन्छ ।
निर्माण पक्षले क्लासिक प्रोफाइल परिवर्तन गर्ने फेसबुक प्रयोग कर्ताका लागि “ह्यासट्याग क्लासिक” उल्लेख गर्न आग्रह गरेको छ । जसका आधारमा क्लासिक प्रोफाइल पिक्चर्समा सबै भन्दा बढी लाइक, कमेण्ट र सेयर हुने १० फेसबुक प्रयोगकर्ताले आर्यन सिग्देल र नम्रता श्रेष्ठसँग डिनर सहित आकर्षक गिफ्ट प्राप्त गर्ने जनाएको छ । आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन । दिनेश राउत निर्देशित चलचित्र दृष्टिबिहिनहरुको प्रेम कथामा आधारित छ ।
नेपाली चलचित्र क्षेत्रमा पहिलो प्रोमोशन अभियानका रुपमा रहेको ‘क्लासिक प्रोफाइल’ अभियानले नेपाली चलचित्रका दर्शक र नेपाली चलचित्रबीचको आत्मियतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ | भोलिका दिनमा यो अभियान अन्य नेपाली चलचित्रसंगपनि सहकार्य गरि अगाडि बढ्न सकिने रिलनेपाल डटकमले जनाएको छ |
%d bloggers like this: