Fri. Apr 26th, 2024

आगामी माघ २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘क्लासिक’का अडियो जुक बक्स सार्वजनिक भएको छ । युटुबमा जुकबक्स मार्फत गीत बाहिर ल्याइएको हो ।
सांगीतिक प्रेम कथामा निर्माण भएको यो फिल्ममा ताराप्रकाश लिम्बुको संगीत छ । फिल्ममा समावेश ‘सुनौलो’,‘हारें हारें’, ‘यो के हो’बोलको सार्बजनिक गीतमा यूवराज चौलागाइ,मेलिना राई,कोशिश क्षेत्रीको स्वर रहेको छ भने दिनेश राउत, दयाराम पाण्डेको र डक्टर कृष्णहरी बरालको शब्द रहेको छ ।
गतबर्षको सफल सिनेमा ‘नोभेम्बर रेन’ निर्माण गरेको युनिट तथा दुई ब्यानर सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको व्यानरले ‘क्लासिक’ निर्माण गरेको हो । दिनेश राउत निर्देशित यो सिनेमा आगामी माघ २९ गते प्रेम दिवसको अवसरमा नेपालभर प्रदर्शनमा आउने छ ।
फिल्मका गीतलाई मायालु जोडी धेरै मन पराउने निर्देशक राउतको विश्वास छ । निर्माता गिरी सिनेमाको कथा अनुसार गीत तयार गरेको बताउछन । फिल्मको गीत जस्तो दृश्यलाई पनि आकर्षक बनाउन मिहिनेत गरेको कोरियोग्राफर रेनशा राइले बताइन् ।
सांगीतिक लभस्टोरी यो सिनेमामा आर्यन सिग्देल र नम्रता श्रेष्ठले आँखा देख्न नसक्ने पात्रको भूमिका निर्वाहा गरेका छन् । उनीहरु संगै सुशिल काफ्ले, प्रज्वल गिरी, रोमी घिमिरे लगायतको पनि सिनेमामा अभिनय रहेको छ ।
सिनेमालाई राजेश श्रेष्ठले खिचेका छन भने सुरेन्द्र पौडेलको सम्पादन रहने छ ।
सुन्नुहोस् अडियो :

हेर्नुहोस स्टिल फोटोहरु :
aaryan-in-classicnamrata-1

%d bloggers like this: