Tue. Apr 23rd, 2024

saayad 2
दुर्गिश फिल्मसको आगामी प्रोजेक्ट ‘सायद २’ फ्लोरमा नजादै मोफसल राइट वितरण कम्पनी एफडीले खरिद गरेको छ। प्राप्त जानकारी अनुसार एफडीले यो सिनेमा एमजी (मिनिमम ग्यारेन्टी) ३० लाखमा किनेको हो ।  
एफडी कम्पनी प्रमुख नरेन्द्र महर्जनका अनुसार यो सिनेमाको स्क्रिप्टका लागि एफडीले लगानी गरेको हो। उनले भने ‘हामीले दुर्गिश फिल्मको ब्रान्ड भ्यालु र स्क्रिप्टको बलियोपनका लागि यति मूल्य तिरेका हौं’।
‘स्क्रिप्टमा फिल्म बिक्री भएको नेपाली सिनेमा ईतिहासमा नै यो पहिलो घटना हो। दुर्गिश फिल्मस प्रमुख सुनिल रावलले आफ्नो सिनेमा यसरी एम जी मा बिक्रि भएकाले खुशी व्यक्त गर्दै आफ्नो ब्रान्डलाई अझ उकास्न लागिपर्ने बताएका छन ।
बलिउडमा डाइरेक्सन सिकेका पुष्पराज न्यौपानेले निर्देशन गर्ने ‘सायद २’ हाल स्क्रिप्टको काममा छ भने कलाकार छनोट भईरहेको छ । यो बर्षको अन्तमा सुटिंग सुरुहुने यो सिनेमाको छायांकन नेपाल र जापानमा हुनेछ ।
यसअघी एफडीले नै हाल सुटिङ भैरहेको सिनेमा ‘गाजलु’लाई फ्लोरमै पुगेर मोफसल राइट खरिद गरेको थियो।

%d bloggers like this: