Wed. Apr 24th, 2024

faan
शनिबार सम्पन्न चलचित्र कलाकार संघको चुनाबमा रामकेशर बोगटी भारी मतले बिजयी भएकाछन, बोगटीले आफ्ना प्रत्यासी एबं बरिष्ठ कलाकार लय संग्रौला लाई ७८ मत अन्तरले हराएका हुन् । बोगटीले २ सय ३८ मत ल्याए भने संग्रौलाले १६० मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा सानुकुमार ताम्राकार र रेजिना उप्रेती बिजय भए भने महासचिबमा सरिता लामिछाने बिजयी भईन । सचिबमा भने बिबादमा पर्दै आएका संजय खतिवडालाई हराउदै चेत बाहादुर सिंह राजाले जित हासिल गरे । गएराती नै निर्वाचित पदाधिकारीहरुले आफ्नो पदभार पनि ग्रहण गरिसके भने कलाक्र्हरुले उनीहरुलाई अबिर दल्दै खुशी मनाए ।ramkeshar bogati
जम्मा ४०९ कलाकारहरुले भोट हालेका थिए भने कतिले भोट हालेनन त कतिले भोट हाल्न नजानेर मत बदर हुन पुग्यो  । २१ जनाको कार्यसमितिका लागि ३७ जनाले उमेद्वारी परेको थियो । यस्तो छ चुनाबी मत परिणाम :
अध्यक्ष
रामकेशर बोगटी–२३८
लय संग्रौला–१६०
विशाल बिष्ट–१०
उपाध्यक्ष 
सानु ताम्राकार–२७७
रेजिना उप्रेती–१८१ (दुवै विजयी)
महासचिव
सरिता लामिछाने–२२५
कृष्ण ढुंगाना–१२६
सचिव
चेतबहादुर सिंह–१९६
सञ्जय खतिवडा–१८८
कोषाध्यक्ष
बिमला केसी–२०४
आकाश खवास–१९०
सहकोषाध्यक्ष
नन्दिता केसी–निर्विरोध
faans
सदस्यहरु 
गजित बिष्ट–२८७
शिवहरी पौडेल–२५८
सविन श्रेष्ठ–२४२
देविराम पराजुली–२२८
अशिष्मा नकर्मी–२२६
रश्मी भट्ट–२०३
विष्णु सापकोटा–२००
कविता शर्मा–१८८
शिवहरी नेपाल–१७१
मानबहादुर बमजन–१६३ (बमजन र अर्का सुनिल कटुवालले बराबरी मत ल्याएका कारण गोलाप्रथाबाट बमजन बिजयी भए ।)
photo- Bnod Pokhrel

%d bloggers like this: