Fri. Apr 26th, 2024

कुनै समयमा निकै चर्चा अनि सफलताको शिखरमा रहेको अभिनेत्री सुस्मिता बम्जनले नयाँ सिनेमा ‘म त तिम्रै हुँ’को निर्माण गर्ने भएकी छन । सुस्मिताका छोरा अहिलेका हट केक नायक अनमोल केसी यो सिनेमाका निर्माता रहने छन । सोमबार बाट सुटिंग सुरुहुने बताईएको यो सिनेमालाई उनि संगै सुवास थापाको लगानी रहनेछ ।

सिनेमालाई यसअघी म्युजिक भिडियो तथा डकुमेन्ट्री निर्देशन्मा नाम कमाएका श्रीराम महतले निर्देशन गर्दैछन् । अनमोल सिनेमाका निर्माता भएपनि उनि भने यो सिनेमामा देखिने छैनन, उनि आमा सुस्मिताको साथमा विजय लामा, सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतका कलाकारहरुको सिनेमामा मुख्य भूमिका रहनेछ।ma-ta-timrai-hoon-nepali-movie-susmita-kc-anamol-kc
‘म त तिम्रै हुँ’मा सुष्मिताकै कथा रहने छ भने सौरभ लामाले खिच्नेछन , कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, कृष्ण आचार्यको पटकथा तथा संवाद सिनेमामा रहनेछ। सुष्मिताले यस अघि फिल्म ‘नेपाली बाबु’ ‘म तिमि बिना मरिहाल्छु’ ‘करोडपति’ जस्ता सफल फिल्मका कथा लेखन तथा निर्माण गरिसकेकी छिन।
सुस्मिताका अनुसार फिल्मले महिला संवेदना, युवा पुस्ताको कथालाई उठान गर्नेछ। करिब ५ बर्षपछि सुस्मिता फिल्म निर्माण तथा अभिनयमा फर्किएकी हुन्। उता अनमोलले आफ्नो सिनेमा ब्यानर अनमोल फिल्म्स राम्रो सिनेमा बनाउन लागिपरेको बताउछन ।
ma-ta-timrai-hoon-nepali-movie-press-release
अनमोल हाल आफ्ना बाबुको सिनेमा ‘ड्रिम्स’मा अभिनय गरिरहेका छन, उनि बुबाको सिनेमामा अभिनय गर्ने तर आमाको सिनेमा अभिनय नगरी किन निर्माताको रुपमा मात्र रहे भन्ने कुरा चसोको बिषय बनेको छ ।
sushmita bomjan ma ta timrai hu

%d bloggers like this: