Fri. Apr 26th, 2024

नेपाली सिने जगतमा चलचित्र चंखे शंखे पंखे मार्फत बिग ब्यानरको रुपमा उदाएको “आसुसेन फिल्मस”को दोश्रो प्रस्तुति फिल्म “प्रेमगित”को पोष्टर र अडियो सार्वजनिक गरिएको छ। poster
पोखराको रंगशालामा शनिबार पोखरेली बुद्धिजिवीहरु र राष्ट्रिय स्तरका दर्जनौ कलाकारहरुको हातबाट हजारौँ दर्शकका माझँ चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राईको प्रमुख आतिथ्यतामा पोष्टर र अडियो सार्वजनिक गरिएको हो ।
फिल्म प्रोमोशनका लागी यस ब्यानरले हरेक फिल्मी इभेन्ट केही फरक विषय र प्रकृतिमा गर्ने कुरालाई निरन्तरता दिदै यसपटक पनि प्रेमगितको पोष्टर र अडियो सार्वजनिक गरेको छ ।
सन्तोष सेनले निर्माण गरेको यो फिल्मको निर्देशन नायक तथा निर्देशक सुदर्शन थापाले गरेका छन् । फिल्ममा पुजा शर्मा, प्रदीप खड्का, सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको अभिनय छ ।Premgeet 1
रोमान्टिक लभस्टोरी रहेको फिल्म यसै बर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा सार्वजनिक गरिनेछ । फिल्ममा भिन्न शैलीका पाचँ ओटा गितहरु रहेका छन् । फिल्मका भिडियो गितहरु चाडैँ रिलिज गरिने निर्माण युनिटले जनाएको छ।
अर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीतहरुमा सुगम पोखरेल, अञ्जु पन्त, स्वरुपराज आचार्य, पशुपति शर्मा, पूर्णकला विसी, सुवानी मोक्तान, सन्तोष लामा र स्वेच्छा ठकुरीको स्वर छ। फिल्मका यी गीतहरुलाई रेनिषा राईले कोरियोग्राफी गरेकी छन् । Premgeet 2
मुस्ताङ, काठमाडौँ र पोखरा लगायत रमणीय तथा पर्यटकीय क्षेत्रमा सुटिङ गरिएको फिल्मका दृश्यहरु आकर्षक ढंगले फिल्मका कैद गरिएको यसअघि नै रिलिज भएको ट्रिजरमा देखिएको थियो ।
poster.2

%d bloggers like this: