Wed. Apr 24th, 2024

आउँदो पौष १० गते देखि माहाभूकम्पको केन्द्र बीन्दुमा खिचिएको सिनेमा  ‘टिस्टा पारीको साइनो’ प्रदर्शनमा आउने भएको छ ।
शनिबार राजधानीको सांग्रिला होटलमा प्रेस मिटको आयोजना गर्दै सिनेमा बारे जानकारी गराईएको थियो । खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको फिल्मले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ ।
वाइ के.मेघी गुरुङ र रोजर गुरुङको संयुक्त निर्माण रहेको फिल्म ‘टिस्टा पारीको साइनो’ मा निर्देशक सहित अमिर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।
रोचक कुरा त के छ भने यो सिनेमालाई सिक्किमका संस्कृति मन्त्रि गर्जमान गुरुङ सिनेमाका परिकल्पनाकार हुन् । उनकै प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिनेमाका गीत तथा प्रोमो समेत देखीएको थियो । सिनेमालाई गोबिन्द शाहीले वितरण गर्दैछन ।

%d bloggers like this: