Fri. Apr 26th, 2024

kaha-chhau-kaha11
२०६५ सालमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘कहाँ छौं कहाँ’को सिक्वल निर्माण हुने भएको छ । २०७२ सालको अन्तिम महिना अर्थात चैत २६ गतेबाट प्रदर्शन हुने भनिएको यस चलचित्रको छायांकन केहि महिना भित्रबाटनै सुरु हुने चलचित्रका निर्माता तथा नायक गोविन्द शाहीले जानकारी दिए । ‘कहाँ छौं कहाँ’लाई पनि वितरक,कलाकार,निर्माता गोविन्द शाहीले नै निर्माण गरेका थिए । चलचित्र निर्माण हुनुभन्दा अगाडीनै प्रदर्शन मिति सार्वजनिक गरिएको यस चलचित्र २०७३ साललाई लक्षित गरेर प्रदर्शनमा ल्याइन लागिएको हो । निर्माता गोविन्द शाहीका अनुसार हाल चलचित्रको स्क्रिष्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । गोविन्द शाही भन्छन् -‘कहाँ छौं कहाँ २’ लाई मैले अहिलेसम्म निर्माण गरेको चलचित्र भन्दा उत्कृष्ट बनाउनेछु र हाल त्यसैको लागी म आफैं सिक्सप्याक समेत बनाउदैंछु ।’ गोविन्द शाही चलचित्र ‘कहाँ छौं कहाँ २’ मा मुख्य भुमिकामा देखिनेछन् । निर्माता शाहीको अनुसार चलचित्रमा ५ नायक र ३ नायिका रहने छन् । हाल चलचित्रको लागी समेत नायक,नायिका खोजीरहेको निर्माता शाहीले जानकारी दिए । एक्शन र प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको चलचित्र ‘कहाँ छौं कहाँ २’ को लागी ३ महिना वर्कशप गरेर मात्र फ्लोरमा जाने गोेविन्द शाहीले जानकारी दिए । तपाईलाई याद रहोस कि चलचित्र ‘कहाँ छौं कहाँ’मा नायक विराज भट्ट,नायिका झरना थापा र निर्माता एवं नायक गोविन्द शाहीको मुख्य भुमिका रहेको थियो ।

 

%d bloggers like this: