Sat. Apr 27th, 2024

miss nepalशुक्रबार साँझ आयोजना गरिएको ‘मिस नेपाल २०१५’को अन्तिम प्रतिस्पर्धा आज हुने भएको छ । हिजो राष्ट्रिय शोक परेकाले आज ‘मिस नेपाल २०१५’को अन्तिम प्रतिस्पर्धा हुन लागेको पूर्व मिस नेपाल तथा आयोजक कृति सिटौलाले जानकारी दिइन्। आज बेलुका साढे ७ बजे अन्नपूर्ण होटलमा ‘मिस नेपाल २०१५’को अन्तिम प्रतिस्पर्धा हुनेछ । यो बर्षको मिस नेपालमा १९ जना प्रतिस्पर्धी सहभागी छन् । प्रतियोगिताकी विजेता एक लाख रुपैयाँ पुरस्कार र डब्लुडब्लुएफको सद्भावना दूत हुनेछिन्। त्यस्तै दोस्रोले ६० र तेस्रोले ४० हजार पाउनेछन्। यसपटकको मिस नेपालको लागि राजधानीबाहेक विभिन्न स्थानमा अडिसन भएको थियो।

%d bloggers like this: