Thu. Apr 25th, 2024

bhirabलामो समयपछि चलचित्र अभिनयमा फर्किएका एक्शन नायक निखिल उप्रेतीको लगानी र निर्देशनमा तयार भएको चलचित्र भैरवको फष्टलुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फष्टलुक पोष्टरमा नायक निखिल उप्रेती पेस्तोल तेर्साउदैं गरेको अवस्थामा देख्न सकिन्छ भने अनु शाह लगायतका कलाकारहरु पनि पोष्टरमा देखिएका छन् । नायक उप्रेतीले दर्शकलाई एक्सनको नयाँ स्वाद चखाउने प्रयास भैरवले गर्ने बताए । उनले भने, ‘मलाई विश्वास छ दर्शकले यो स्वाद मन पराउनेछन्, किनकी चलचित्र दर्शकको रोजाइको बनेको छ ।’ निखिल उप्रेतीको चलचित्र हेर्न आतुर दर्शकका लागी भैरवले महत्वपूर्ण भुमिका खेल्ने पनि नायक उप्रेतीले जानकारी दिए । रेश अधिकारीको संगीत रहेका चलचित्र ‘भैरव’मा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रलाई कृष्ण थापाले खिचेका हुन् । चलचित्र ‘भैरव’मा निखिलको अलावा अनु शाह र मुरलीधरको प्रमुख अभिनय रहेको छ । प्रहरी प्रशासन र तराईमा हुने चोरी डकैतीमा प्रशासनको कथा ‘भैरव’ले बोल्नेछ । उप्रेतीले नेपालीका अलावा भोजपुरी तथा हिन्दी फिल्ममा समेत अभिनय गरिसकेका छन् । यो चलचित्र जेठ २२ गतेबाट अलनेपाल प्रदर्शन हुदैंछ ।

%d bloggers like this: