Fri. Apr 26th, 2024

hh
पहिलो पटक चलचित्र ‘हँसिया’ निर्माण गरेर चलचित्रक्षेत्रमा एउटा कुशल महिला निर्मात्रीको छबि बनाएकी निर्मात्री दुर्गा घले नयाँ बर्ष देखि सामाजिक कार्यमा जुटेकी छिन् । हाल यूकेमा बसोबास गर्दै आएकी घलेले नेपाली महिलाको बारे सोच्दै आफ्नो नाममा दुर्गम ठाउँका गरिब तथा पिछडिएका महिलाहरुका लागि अक्षय कोष स्थापना गरेकी छिन् । उनले प्रत्येक बर्ष सो कोषमा पैतालिस हजार रुपैया जम्मा गरी दुर्गम ठाउँका न्युन वर्गका महिलाहरुका लागि सिपमुलक तालिम अन्तर्गत ब्युटिसियन तालिम दिने जानकारी गराएकी छिन् ।

ghale

उनको कोष बाट प्रदान गरिने ब्युटिसियन तालिम ६ महिना सम्मको हुनेछ । साथै उनि नेपाल आउदा प्रत्येक दिन १/२ घण्टा माइती नेपाल तथा बिभिन्न महिला सम्बंद्द संघ सस्थामा भएका दिदीबहिनीहरुलाई ब्युटिसियन सम्बन्धि ब्यबसायिक तालिम दिने बताएकी छिन् ।  चलचित्र निर्माणमा आएको निर्मात्री सामाजिक कार्य प्रतिको सोचाइ बारे जिज्ञासा राख्दा निर्मात्री घलेले भनिन् ‘पहिले देखि नै सामाजिक कार्य प्रति सोच्थे र सहयोग गर्दै पनि आएकी थिए । निर्मात्री घलेले युके मा नै ब्युटिसियन तथा हेयर स्टाइलिस् सम्बन्धि सैलुन संचालन गर्दै आएकी छिन् । जुन सैलुन त्यहा मात्र नभएर नेपालमा समेत परिचित छ ।

%d bloggers like this: