Thu. Mar 28th, 2024
 
kajolमुम्बईका चलचित्रहलहरुमा १ हजारभन्दा बढि हप्तासम्म प्रदर्शनमा आएको बलिउडकै सफल चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’को जोडी शाहरुख खान र काजोल फेरी एकसाथ लामो समयपछि पर्दामा देखिदैं छन् । बलिउडमा करिब आधा दर्जन भन्दा बढि सफल चलचित्रमा अभिनय गरेका शाहरुख खान र काजोल करिब ५ बर्षपछि फेरी एकसाथ बलिउड चलचित्रमा देखिदैंछन् । यो जोडी फेरी एकसाथ बलिउडको पर्दामा देखिन लागेको कुराले यति बेला उनीहरुका फ्यानहरु निकै उत्साहित भएका छन् । रोहित शेट्टीको नयाँ चलचित्र दिलवालेमा एकसाथ देखिन लागेका शाहरुख र काजोलको यो जोडीलाई पनि दर्शकहरुले अत्याधिक रुचाइने भारतीयसञ्चार माध्यमहरुले जनाएका छन् । तर बलिउडमा यो विषयभन्दा काजोलले चलचित्रका लागि लिएको पारिश्रमिकले बढि चर्चा बटुलेको छ । उनले यस चलचित्रका लागि ५ करोड रूपैयाँ भारु लिएकी छिन् । यति धेरै पारिश्रमिक बलिउडमा चर्चित नायिकाहरूको मात्र रहेको छ । कट्रिना, करिना, कंगानाहरूको पारिश्रमिक लगभग ५ करोड हुने गरेको छ । काजोलले पाएको यो पैसाले उनको स्टारभ्यालु अझै पनि उस्तै रहेको देखाएको छ।
%d bloggers like this: