Thu. Apr 25th, 2024

chankhe_shankhe_pankhe3

महंगो लगानीमा निर्माण भएको चलचित्र ‘चंखे शंखे पंखे’को नयाँ गीत रिलिज भएको छ । सुदर्शन थापा निर्देशित चलचित्रको ‘तिम्रो लाली जोवन देखेर’ बोलको गीत सार्वजनिक गरिएको हो। कृष्णहरि बरालको शब्द रहेको उक्त गीतमा मिलन अमात्य र सन्तोष लामाले स्वर रहेको छ । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा गोविन्द राईले करियोग्राफ गरेका छन्। सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । कमेडी र राष्ट्रियताले भरिएको यो चलचित्र जेठ १ गतेबाट अलनेपाल प्रदर्शनमा आउन लागेको छ ।

%d bloggers like this: