Sun. Apr 28th, 2024

हालै मात्र चलचित्र ‘चंखे शंखे पंखे’को छायांकन सकाएको निर्माणयूनिटले अर्को दुई चलचित्रको औपचारिक निर्माण घोषणा गरेको छ । बिहिबार राजधानीमा रात्री भोजको सहित कार्यक्रम आयोजना गरेको निर्माणपक्षले ‘प्रेमगीत’ र ‘मिरा’ नामक चलचित्रको निर्माण घोषणा गरेको हो । चलचित्र ‘चंखे शंखे पंखे‘को ट्रेलर सार्वजनिक कार्यक्रममा दुई चलचित्रको घोषणा गरिएको हो ।  चलचित्र ‘प्रेमगीत’लाई  सुदर्शन थापाले निर्देशन गर्ने छन् भने चलचित्र ‘चंखे शंखे पंखे’का निर्माता सन्तोष सेनले निर्माण गर्नेछन् ।

cha14

चलचित्रमा नायिका पुजा शर्मा मुख्य भुमिकामा देखिने छिन् । करिब १ करोड भन्दा बढिको लागतमा निर्माण हुने यस चलचित्रको पोखरा,काठमाडौं,मुस्तागं लगायतका स्थानमा छायांकन हुनेछ । त्यस्तैं अर्को चलचित्र ‘मिरा’लाई चलचित्र आभाषका निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्ने छन् । चलचित्रमा नायिका पुजा शर्मा निर्मात्रीको रुपमा देखिदैं छिन् भने उनलाई चलचित्र ‘चंखे शंखे पंखे’का निर्माता सन्तोष सेनले पनि सघाउदैंछन् । यस चलचित्रको कार्यकारी निर्माताको रुपमा भने कलाकार एवं निर्देशक सुदर्शन थापा हुनेछन् । चलचित्रमा पुजा शर्मानै मुख्य भुमिकामा देखिने छिन् । यो चलचित्रले प्रेम र बदलाको कथा बोल्नेछ ।

%d bloggers like this: