Sun. May 12th, 2024

३ बर्ष अगाडी चितवनको माडीमा बोक्सीको आरोप लगाई जिउँदैं जलाइएकी महिला ढेगनी देवीको जीवनीमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र रक्तभोगको शनिबार दमौलीको उत्तरशिला चलचित्र हलमा भब्य च्यारिटी शो सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय,तनहुँका एसपी मोहन कुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको च्यारिटी शोमा सशत्र प्रहरी बल,भानुका प्रमुख मुरारी बस्नेत,केबलजंग गुल्मका गुल्मपति सुरेश थापा,अनुसन्धान विभाग,तनहुँका प्रमुख , लाइन्स क्लब अफ तनहुँ,भानुभक्तका अध्यक्ष रामकुमार श्रेष्ठ,लाइन्स क्लब अफ तनहुँ,सत्यबतिका अध्यक्ष भगवती श्रेष्ठ,लियो क्लब अफ तनहुँका निर्वातमान अध्यक्ष एवं लियो जिल्ला परिषद ३२५ वि १ नेपालका सहसचिव सरोज भण्डारी,लियो क्लब अफ तनहुँका अध्यक्ष यूवराज दराई तथा पत्रकारहरुको पनि भब्य उपस्थित रहेको थियो ।

_DSC0301

कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता एवं यसै चलचित्रलाई निर्माण गरेको कम्पनी के.आर. फिल्मस् एण्ड इन्टरटेनमेन्टका प्रमुख कृष्ण राज तिवारी र चलचित्रकी सह नायिका ज्योति सापकोटाको पनि उपस्थिति रहेको थियो । करिब ४ सय जना भन्दा बढिको उपस्थिति रहेको उक्त च्यारिटी शोमा चलचित्र हेरेपछि सबैले उत्कृष्ट तारिफ गरेका थिए । भन्दैं थिए चलचित्र रक्तभोग हेरेपछि अहिले पनि यो समाजमा बोक्सी प्रथाको कारण कयौं महिलाहरु बेक्सीका कारण शिकार हुने गरेको वास्तविक घटना थाहा भयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी तथा अन्य अतिथीहरुले पनि चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।

उक्त च्यारिटी शोलाई लियो क्लब अफ तनहुँ,दमौलीले आयोजना गरेको थियो । लियो क्लब अफ तनहुँ,दमौलीका अध्यक्ष यूवराज दराईले चलचित्र रक्तभोगको च्यारिटी शो भब्य र सभ्य रुपमा सम्पन्न भएको जानकारी दिए । चलचित्र रक्तभोगलाई विवी फुया्लले निर्देशन गरेका हुन भने कृष्णराज तिवारीले निर्माण गरेका हुन । चलचित्रमा नायिका शारिका घिमिरे,शैलेस पौडेल,ज्योति सापकोटा,रवि खनाल,कृष्णराज तिवारी लगायतका कलाकारहरुले अभिनय गरेको छ । उक्त च्यारिटी शोलाई सम्पन्न गर्न संगम सापकोटाको पनि विषेश भूमिका रहेको थियो ।

%d bloggers like this: